जुँगे महादेवको दर्शन गरेपछि हिमानीलगायतले साेधे, महादेवको पनि जुँगा?

जुँगे महादेवको दर्शन गरेपछि हिमानीलगायतले साेधे, महादेवको पनि जुँगा?
बागेश्वरी मन्दिरमा पूजा गर्दै हिमानीलगायत पूर्वराजपरिवारका सदस्य। तस्बिर: कुमार श्रेष्ठ
+
-

नेपालगञ्ज–नेपालगञ्जमा बसिरहेका पूर्वराजपरिवारका सदस्यहरुले मंगलबार नेपालगञ्जको बागेश्वरी मन्दिरमा पूजा गरेका छन्।मन्दिरको पोखरीमा रहेको जुँगे महादेवको दर्शनपछि राजपरिवारका सदस्यहरुले ‘महादेवको पनि जुँगा’ भनेर प्रश्न गरेका थिए। साढे १० बजे मन्दिर प्रवेश गरेका राजपरिवारका सदस्यहरु सवा ११ बजे प्रसाद खाएर फर्किएका छन्।

जुँगे महादेवको

बागेश्वरी मन्दिर परिसरमा मंगलबार बिहान हिमानी। तस्बिर: कुमार श्रेष्ठ

पूर्वयुवराज्ञी हिमानीसहित आधा दर्जन राजपरिवार सदस्यले पौने घण्टा बागेश्वरी मन्दिरमा पूजा गरेका छन्। मन्दिरका मूल महन्त चन्दननाथ योगीले पूर्वराजपरिवार सदस्यहरुलाई गणेश, भैरव, हनुमान, खडेश्वर महादेव, शनिदेवता, मूल गर्भगृहमा पूजा गराएका थिए।

मन्दिरमा परिसरमा रहेका मूर्तिहरुको परिचय गराउँदै महन्त योगीले राजपरिवारका सदस्यहरुलाई पूजा गराएका थिए।

बागेश्वरी मन्दिरमा पूजा गर्ने पूर्वराजा ज्ञानेन्द्रको कार्यतालिका रहेपनि मंगलबार उनी आएनन्। नेपालगञ्जमा अझै धेरै बसाइ रहेकाले यो बीचमा आउने नेपाल विद्यत परिषद्का उपाध्यक्ष दिपकबहादुर सिंह बताउँछन्।

पूर्वराजा ज्ञानेन्द्र मंगलबार बर्दियाको गुलरिया जाने तयारीमा रहेका छन्। गुलरिया नगरपालिका–७ मा रहेको बागेश्वरी मन्दिरमा पूजा गर्न ज्ञानेन्द्र बर्दिया जान थालेका हुन्। ज्ञानेन्द्र बर्दिया हुँदै धनगढी जाने कार्यक्रम छ।जुँगे महादेवको

जुँगे महादेवको

यो पनि हेर्नुहोस्: 

पूर्वराजा कार चलाएर सुटुक्क बाहिर निस्केपछि …

पूर्वराजा फेरि देशदर्शनमा

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?