एमसीसीबारे सरकारसँग जवाफ माग्ने नेकपा एसको निर्णय

एमसीसीबारे सरकारसँग जवाफ माग्ने नेकपा एसको निर्णय
+
-

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी) नेकपा एसले एमसीसी सम्झौता कार्यान्वयनको अवस्थाबारे सरकारसँग जानकारी माग गर्ने भएको छ।

असार २९ देखि साउन ५ गतेसम्म काठमाण्डौको पुष्पलाल स्मृति प्रतिष्ठानको कार्यालय चम्पादेवीमा बसेको नेकपा एसको सचिवालय बैठकले यस्तो निर्णय गरेको नेतृ दिलु पन्तले जानकारी दिइन्।

एमसीसी सम्झौताको कार्यान्वयनमा व्याख्यात्मक घोषणाअनुरुप नेपालको हित रक्षाको प्रत्याभूति गर्न संसदीय अनुगमन समिति गठन गर्न आवश्यक पहल गर्ने, एम सी सीका बारेमा निरन्तर जानकारी लिने प्रयोजनका लागि पार्टीका तर्फबाट समेत अनुगमन समिति बनाउने नेकपा एसले निर्णय गरेको छ।

यस्तै बैठकले समाजवादी मोर्चामा आवद्ध भएका दलबिचका मतभिन्नताहरु टुङ्ग्याउने पनि तयारी गरेको छ।

‘संविधानको रक्षा र विकास गर्दै समाजवादी रुपान्तरणको आधार तयार गर्नु आजको मुख्य कार्यभार हो। यस अवधीभरी दलाल पुँजीवादसँग नेपाली जनताको अन्तरविरोध प्रधान रहन्छ। राजनीतिकरुपमा दलाल पुँजीवाद विभिन्न राजनीतिक पार्टी, समूह वा प्रवृतिका पुनरुत्थानवादी, दक्षिणपन्थी अवसरवादी नीति र प्रवृत्तिहरुमा प्रकट हुन्छ’, विज्ञप्तिमा भनिएको छ।

यस्तै नेपाली समाजको आधारभूत तथा राजनीतिक अन्तरविरोधका बारेमा पनि पार्टीको दृष्टिकोणहरु स्पष्ट पार्ने नेकपा एसले जनाएको छ। नेकपा एसले बुधबार मात्रै सचिवालय बैठकका निर्णयहरु सार्वजनिक गरेको हो।

यस्ता छन् नेकपा एसको सचिवायल बैठकका निर्णयहरु

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?