वेस्ट इन्डिजविरुद्ध नेपाललाई पहिलो सफलता

वेस्ट इन्डिजविरुद्ध नेपाललाई पहिलो सफलता
फाइल तस्बिर।
+
-

काठमाडौँ – एकदिवसीय विश्वकप छनोटअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले वेस्ट इन्डिजविरुद्ध सुरुवाती सफलता हात पारेको छ। हरारे स्पोर्ट्स क्लबमा टस जितेर पहिले बलिङ गरेको नेपालले पहिलो विकेट हात पारेको हो।

नेपालका लागि करण केसीले दोस्रो ओभरको तेस्रो बलमानै ओपनर केली मेयर्सलाई कुशल भुर्तेलले क्याच आउट गराए। भुर्तेलले डाइभिङ क्याच लिँदै १ रनमानै मेयर्सलाई पेभिलियन फर्काए। उनले चार बल खेल्दै आएट भए। वेस्ट इन्डिजले २ रनमानै पहिलो विकेट गुमायो।

चार पटकको विश्व विजेता वेस्ट इन्डिजले दुई पटक एकदिवसीय विश्वकपको एपाधि जितेको छ। टेस्ट राष्ट्रविरुद्ध यो नेपालको दोस्रो खेल हो। यसअघि घरेलु टोली जिम्बाब्वेविरुद्ध नेपालले पहिलो खेल खेलेको थियो।

नेपालले वेस्ट इन्डिजसँग क्रिकेटका कुनैपनि फर्म्याटमा पहिलो पटक प्रतिस्पर्धा गरिरहेको हो। शाई होपको कप्तानीमा रहेको वेस्ट इन्डिज ‘बिग हिटर’ को टिमका रुपमा परिचित छ। अधिकांश टी-२० प्लेयरको बाहुल्यता रहेको वेस्टइन्डिज लगातार दोस्रो जितको खोजिमा रहेको छ।

वेस्ट इन्डिज सन् १९९५ र १९७९ विश्वकपको च्याम्पियन टोली हो। त्यस्तै २०१२ र २०१६ मा टी-२० विश्वकप समेत जितेको थियो। वेस्ट इन्डिजलाई दुई टी-२० विश्वकप जिताएका कप्तान ड्यारेन स्यामी टोलीका मुख्य प्रशिक्षक रहेका छन्। त्यसैले उनीमाथि टिमलाई विश्वकपमा पुर्यानउनु पर्ने दबाब रहेको छ।

त्यसोत नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाई वेस्ट इन्डिजका पूर्व ब्याटिङ प्रशिक्षक समेत हुन्। २०१९ देखी २०२३ सम्म वेस्ट इन्डिज टोलीमा रहेर काम गरेका मोन्टीलाई वेस्ट इन्डिजका ब्याटरको कमजोरी र बलियो पक्षबारे राम्रो अनुभव रहेको छ। त्यसैले मोन्टीले वेस्ट इन्डिजको ब्याटिङ लाइनअप कसरी धरासायि बनाउने भन्ने ‘मोन्टी म्याजिक’ केही हदसम्म काम लाग्न सक्छ।

प्रतियोगितामा नेपाल पहिलो खेलमा जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो भने अमेरिकालाई ६ विकेटले हराएको थियो। वेस्ट इन्डिजले भने पहिलो खेलमा अमेरिकालाई ३९ रनले हराएको थियो।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?