महिला नेतृत्व विकासमा सरकार गम्भीर छ: प्रधानमन्त्री दाहाल

महिला नेतृत्व विकासमा सरकार गम्भीर छ: प्रधानमन्त्री दाहाल
फाइल फोटो।
+
-

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला नेतृत्व विकासमा सरकार गम्भीर रहेको बताएका छ्न्।

शनिबार काठमाडौँमा आयोजित महिला नेतृत्व सम्मेलनमा प्रचण्डले महिला शक्ति र निर्णय क्षमता बढाउन सरकार प्रतिबद्ध रहेको बताएका हुन्।

नेपाल उधोग परिसंघ महिला नेतृत्व मञ्चले आयोजना गरेको दुई दिने सम्मेलनमा सम्बोधनका क्रममा प्रधानमन्त्री दाहालले राजनीति, अर्थ, ब्यापार र प्रबिधिमा महिला सहभागिता प्रसंसायोग्य रहेको समेत बताएका हुन्।

साथै उनले महिलाको अझै निर्णय र नेतृत्व क्षमता बढाउन जरुरी रहेको उल्लेख गर्दै यसका लागि सरकारले सहयोगको लागि निरन्तर लागि पर्ने प्रतिबद्धता जनाएका छन्।

कार्यक्रममा बोल्दै कांगेस नेता एवम् नेपाल उद्योग परिसंघका पूर्वअध्यक्ष विनोद चौधरीले मुलुकका विभिन्न कालखण्डका आन्दोलनमा महिलाको सहभागिता महत्त्वपूर्ण भूमिका रहेको बताए।

उनले सदनमा सहभागिता जनाइरहेका महिलाको भूमिकाको पनि प्रसंसा गरेका हुन्।

सम्मेलनमा सार्क राष्ट्रका महिला प्रतिनिधिको सहभागीता रहेको छ। भोलिसम्म चल्ने सम्मेलनमा महिला सहभागिता र नेतृत्वमाथीका विभिन्न कार्यपत्रमा छलफल हुने आयोजकले जनाएको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?