अध्यक्ष ओलीको भनाइले संघीयता नै खतरामा छ कि जस्तो भएको छः सांसद निधि

अध्यक्ष ओलीको भनाइले संघीयता नै खतरामा छ कि जस्तो भएको छः सांसद निधि
फाइल तस्बिर।
+
-

काठमाडाैँ- नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधिले न्यायपालिकालाई नै निर्देशन दिने प्रणालीबाट सबै जनता झस्किएको बताएका छन्।

बिहीवार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले प्रतिनिधिसभा विघटन प्रतिगामी होइन भन्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको व्यवहारबाट सबै झस्किएको समेत आराेप लगाए।

सांसद निधिले भने, ‘संविधानले ग्रहण गरेको अवलम्वन र व्यवस्था गरेको प्रणालीले कार्यपालिका भन्दा माथि कसैले नीति निर्देशन दिन मिल्छ र? हामी झस्केका छौँ। जनता झस्केका छन्। प्रतिनिधिसभाको विघटन प्रतिगमन होइन भन्नुभएको छ। बाहिरको र नेपालको संसदीय प्रणालीमा केही न केही फरक छ। उहाँले यस्तो भन्नुमा संघीयतामाथि नै खतरा आइरहेको छ भन्ने महसुस भएको छ। हामीले त्यो सबै कुरालाई ध्यानमा राखेर विश्वासको मत दिएका छौँ। विपक्षीले विश्वासको मत दिँदा खुसी मनाउनुपर्ने ठाउँमा चिन्ता हुन्छ भने के महत्त्व? प्रतिष्पर्धालाई प्रतिशोधको भावनाले हेर्नु हुँदैन।’

सांसद निधिले जनताले देशमा राजनीतिक स्थिरता चाहेको पनि बताए।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?