प्रदेश-७ मा तेत्तिस प्रतिशत महिला नहुने

प्रदेश-७ मा तेत्तिस प्रतिशत महिला नहुने
+
-

काठमाडौं- दलहरुले सार्वजनिक गरेको प्रदेशसभा समानुपातिक सांसदहरुको प्रारम्भिक सूचीमा प्रदेश नम्बर ७ मा तेत्तिस प्रतिशत महिलाको प्रतिनिधित्व नहुने देखिएको छ।

प्रत्यक्षतर्फ १८ सिटजितेको एमालेले समानुपातिकमा पाएको ८ सिटमै महिला पठाउँदा पनि एमालेको तर्फबाट प्रदेश सभामा करिब ३१ प्रतिशत मात्रै महिला सहभागिता भएको छ।

यस्तै ९ सिट प्रत्यक्षमा जितेर ४ सिट समानुपातिकमा पाएको माओवादी र १ प्रत्यक्षमा जितेर १ सिटनै समानुपातिकमा पाएको राजपाले पनि समानुपातिकमा महिलालाई मात्रै सिफारिस गरेका छन्।

नेपाली कांग्रेसले प्रत्यक्षतर्फ ४ सिट जितेकाले उसले ४ जना महिलालाई सिफारिस गर्दा दलगत रुपमा पुग्‍नु पर्ने तेत्तिस प्रतिशत प्रतिनिधित्व पुगेको देखिन्छ।

प्रदेश नम्बर ७ को प्रदेश सभामा प्रत्यक्ष तर्फ ३२ र समानुपातिक तर्फ २१ सिट रहेका छन्। प्रत्यक्ष तर्फपुरुषमात्र बिजयी हुँदा प्रदेश सभामा तेत्तिस प्रतिशत महिला प्रतिनिधित्व गर्न कठिन देखिएको हो।

दलहरुले समानुपातिकबाट १८ महिला सिफारिसगर्नुपर्नेमा १७ जनामात्रै सिफारिस गरेका छन्।संविधानको धारा १७६ को उपधारा ९ मा प्रदेश सभामाप्रतिनिधित्व गर्ने राजनीतिकदलले एक तिहाई महिला सिफारिस गर्नु पर्ने उल्लेख गरिएको छ।एमाले बाहेकका दलले यो धाराको पालना गरेका छन्।

एमालेले पुरुष सिफारिस गर्न नपाउँदा एमालेको तर्फबाट मुख्यमन्त्रीको दाबेदारको रुपमा हेरिएका कर्ण थापाले पनि सांसद बन्‍ने अवसर पाएका छैनन्।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?