मेलम्चीको पानी वितरणका लागि दोस्रो चरणको सञ्जाल निर्माण

मेलम्चीको पानी वितरणका लागि दोस्रो चरणको सञ्जाल निर्माण
फाइल तस्बिर।
+
-

काठमाडाैँ – मेलम्चीको पानी वितरणका लागि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) आयोजना कार्यान्वयन निर्देशनालयले दोस्रो चरणमा सात सय ९६ किमी वितरण सञ्जाल निर्माण गरिरहेको छ।

बालुवाटार, स्वयम्भू, मण्डिखाटार र कपन क्षेत्रमा निर्माण भइरहेको सात सय ९६ किमी वितरण सञ्जालमध्ये चार सय २७ किमीको काम सकिएको निर्देशनालयका प्रवक्ता चन्द्रकुमार श्रेष्ठलेलाई जानकारी दिए। बाँकी काम पनि चालू आर्थिक वर्षको अन्त्यसम्म सकिने उनको भनाइ छ।

वितरण सञ्जालमा चारवटा निर्माण कम्पनीले काम गरिरहेका छन् । स्वयम्भू क्षेत्रमा शर्म-रमा जेभी, बालुवाटार क्षेत्रमा धुम्टिम्स्कु-मार-सिएभी-क्याब जेभीले काम गरिरहेको निर्देशनालयले जनाएको छ।

यसैगरी मण्डिखाटार क्षेत्रमा वितरण सञ्जाल निर्माणमा टुँडी कन्स्ट्रक्सनले काम गरिरहेको छ। कपन क्षेत्रमा भने लिपेल-सैलुङ जेभीले काम गरिरहेको छ। कुल रु सात अर्ब ३६ करोड तीन लाख ८४ हजार लागतमा दोस्रो चरणको सात सय ९६ किमी वितरण सञ्जालको काम भइरहेको हो।

निर्देशनालयले पहिलो चरणमा एक हजार १० किमी वितरण सञ्जाल निर्माण गरिसकेको छ। त्यसमध्ये पाँच सय ३२ किमी वितरण सञ्जालमा मेलम्चीको पानी परीक्षण भइसकेको छ।

पहिलो चरणमा निर्माण भएको बाँकी क्षेत्रमा पनि पानी परीक्षणको काम भइरहेको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?