नर्भिकको न्युक्लियर मेडिसिन सेन्टर उद्घाटन गर्न पुगिन् हिमानी

+
-

काठमाडौँ- थापाथलीस्थित नर्भिक अन्तर्राष्टिय अस्पतालले पूर्णरुपमा मेडिसिन सेन्टरको विस्तार गर्न सफल भएको छ।

निदानात्मक सेवाका लागि अत्याधुनिक सिटी स्क्यान र सुविधासम्पन्न थ्री टेस्ला एमआरआई भित्र्याएसँगै अस्पतालको न्युक्लियर मेडिसिन सेन्टरले पूर्णता पाएको हो।

अस्पालले सेन्टरमा जडान गरेका ती मेसिनहरुका उद्घाटनका लागि पूर्वयुवराज्ञी हिमानी राज्यलक्ष्मीदेवी त्यहाँ पुगिन्।

मेडिसिन

उद्घाटन समारोहलाई सम्बोधन गर्दै अस्पतालका प्रबन्ध निर्देशक मेघा चौधरीले बिरामीको गुणस्तरीय सेवाका लागि नयाँ प्रविधिलाई प्राथमिकता दिएको बताइन्।

कार्यक्रममा सहभागी अस्पालका सदभावना दूत हरिवंश आचार्यले नर्भिकले नेपालमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नमा योगदान पुर्‍याएको बताए।

उनले नर्भिकले विस्तार गरेको न्युक्लियर मेडिसिन सेन्टरबाट निम्न वर्गले पनि सेवा पाउने अपेक्षा राखे।

कस्तो मेसिन भित्रियो नर्भिकमा?
नेदरल्याण्डमा निर्मित तीन दशमलब शुन्य टि इन्जेनिया एम.आर.आई.को सुरूङ्ग भित्र श्रब्य–दृश्य प्रणाली रहेको छ।

मेडिसिन

यसमा बिरामीले आफूलाई मनपर्ने, सङ्गीत, भिडियो सुन्न/हेर्न सक्नेछन्। उक्त एमआरआईको चित्र अति विशिष्ट हुन्छ। यस्तो विशेषता भएको एमआरआई नेपालमै पहिलो पटक भित्रिएको अस्पतालले दाबी गरेको छ।

तस्बिरहरु- बर्षा शाह

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?