बाकसमा भाग्य राखेर के ! नराखेर के ! (भिडियो)

+
-

‘वर्ल्ड डङ्की डेको पाँचौ दिन,

लगाइएको हो बुढी अैाँलामा निलोमसी

खसालिएको हो बाकसमा पाँचबर्षे दसी

अघिल्लै दिन,

नबोली नबोली

काटिएका हुन केही जोडी खसी

सजाइएको हो निधारमा गोलो टीका

बनाइएको हो अनुहार हल्का फिक्का

भइएको हो मन मिल्ने सबै एक ढिक्का

घाममा,

पन्छाउँदै गर्दा बारीबाट केही बुट्यान र उन्यू

मिलेको थियो शायद जाहानलाई एकसरो गुन्यू

बुझिएको हो सानोतिनो खर्चपानी

त्यसैले त,

शिरमानेको घरमा

मनाइएको हो ‘वैशाखे दशैँ’ यसपाली ।

जित्नेहरूले,

अपवाद छाडेर

केही थान आशा बाँड्नेछन् यसपाली पनि

पार्नेछन् निराश

र,

गर्नेछन् हामीमाथि शासन यसपाली पनि ।

किन्नेछन् डोजर

जोत्नेछन् भविष्य

र,

गन्नेछन् जीवनको साँघुरो बाटो

पलटिङ्गमा झैँ

भाग्यको खेतभरि ।

पाल्नेछन् ठेकेदार

बाल्नेछन् वनपाखा

हाल्नेछन् कमिसनको खरानी पेटभरि ।

राख्नेछन् धुपौरे

थाक्नेछन् विपक्षी

र,

टाँस्नेछन् स्तुतिगानका रङ्गीन पोष्टर गेटभरि ।

हार्नेहरूले,

अपवाद छाडेर,

गर्नेछन् नयाँ फर्मान

सर्नेछन् डेरा

तर,

तर्नेछन् कसरी ऋणको नदी ?

हाँस्ने र हसाउनेले,

बार्दलीबाट बाहिर निस्केर

झुक्याएर अनि झोक्किएर

कुर्लिएकै छन्

जापानी नाम भन्दै सगोत्रीलाई-

‘हुतिहारा मोरा’!

घर व्यवहार बिग्रेको बेला

धुमील सम्बन्ध नथिग्रेको बेला

राम्रै बोलीले पनि बिझाउँदो रहेछ मन

ठूलो सम्झिन/ महान सम्झिन

‘दाइसुके’ भनुँजस्तो लाग्छ, अर्कै बुझिएला भन्दिनँ

‘हारूकि’ भनुँ जस्तो लाग्छ, सुल्टै बुझिएला भन्दिनँ

राजा हटाइएको वर्षौँपछि,

राजापाक्षेको जस्तै सुक्न लागेको छ थैली र देश

पाइलापाइलामा लागिरहेछ आयातित संघीयताको ठेस !

उताभने खाडीमा,

तर्केर शरीरबाट श्वास

कसैको ‘बा’ र ‘अरब’ कहिल्यै नभेट्नेगरी

बाकसमा पार्सल बनेर

आएको छ भाग्य-दुर्भाग्य !

यताभने,

शहर र गाउँमा,

खर्चेर ढुकुटीबाट

बाह्र अरब नगद कहिल्यै नफर्किने गरी

बाकसमा कैद गरिएको छ भाग्य !

विवेक बन्धकमा राखिसकेपछि,

बाकसमा भाग्य राखेर के !

नराखेर के!!

बेथितिको आफै  एक हिस्सा बनिसकेपछि,

मन-मन्दिरमा भगवान डाकेर के !

                             नडाकेर के !!

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?