काका! गाउँको के छ खबर?

+
-

काका गाउँको के छ हालखबर ?

यत्ति थियो मेरो प्रश्न।

….

काका भन्नुहुन्छ-

आरनबाट भर्खर

हँसिया उधाएर

एक भारी दूधिलो काट्न हिँडेको

पल्लाघरे दिनानाथ

दलालको सहारामा

दलबलसहित

दुल्लुबाट दुबई गएको अस्तिजस्तै लाग्छ कान्छा ।

‘दिने’ जस्ताको रेमिट्यान्स लिने र निल्ने

नाभीमा डल्लिएका किर्ना

र,

झोले जुकाहरू भएको गाउँको

के खबर सोध्छस् कान्छा ?

 

मनभित्र दन्किरहेको छ- आक्रोशको आगो

पेटभित्र छड्किरहेको छ- भोकको कसौँडी

कसले देख्छ र कान्छा ‘दिने’को दर्द ?

सम्झिँदै आफै उध्याउन मन लाग्छ-यो भुत्ते कर्द ।

काका भन्दै जानुहुन्छ-

अनि सुन्-

दारको ठेकीमा अलिकति

दही जमाएकी थिई कान्छीले

गाईको गोठपछाडि दुईजोडी

स्याखिने पालेकी थिई कान्छीले

ठेकी नै चोरेर दौडेको थियो बेनामे बतासे

च्याँखुरा काखीमा च्यापेर भागेको थियो बेनामे बतासे

सुन्छु-

त्यही कुचो (कुखुरा चोर) बतासे

‘अदक्षे’मा उठेको छ रे !

कानै पाकिसक्यो छेपारे भाकाले

हेरौँ कसरी जित्छ बतासे डाँकाले !

 

संक्षिप्त प्रश्नको

बुझिने गरी लामो उत्तर यही थियो काकाको,

बुड्ग धुलो उडाउँदै

ममाथि कर्के नजर थियो बञ्जर पाखाको

ममाथि कर्के नजर थियो बञ्जर पाखाको ।

 

वैशाख १३, २०२२

हात्तीवन, ललितपुर ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?