यु–१६ क्रिकेटरलाई गृह जिल्लामा सम्मान

यु–१६ क्रिकेटरलाई गृह जिल्लामा सम्मान
+
-

धनगढी-हालै थाईल्याण्डमा भएको ईस्टर्न रिजन एसीसी यु–१६ क्रिकेट प्रतियोगिताको विजेता वनेको नेपाली टोलीका दुई जना सदस्यलाई धनगढीमा सम्मान गरिएको छ।

सुदुरपश्चिमाञ्चल एकेडेमी र धनगढी क्रिकेट एकेडेमीले संयुक्त रुपमा यु–१६ टोलीका सदस्यद्धय नारायण जोशी र सुवोध ऐरलाई गृह जिल्लामा सम्मान गरेको हो। दुवै खेलाडी धनगढी क्रिकेट एकेडेमीका उत्पादन हुन।

दुबैलाई प्रादेशिक प्रहरी प्रमुख माधव नेपाल र कैलाली जिल्ला खेलकुद विकास समितीका अध्यक्ष दिपक सिंहले संयुक्त रुपमा सम्मान गरे। ईस्टर्न रिजन एसीसी यु–१६ क्रिकेट प्रतियोगिताको विजेता वनाउन नेपालका लागि नारायण जोशीको प्रदर्शन महत्वपूर्ण थियो।

५ वटै खेल खेलेका नारायणले पहिलो अन्तराष्ट्रिय डेव्यु खेलमा थाईल्याण्ड विरुद्धको खेलमा ५ विकेट लिए भने म्यानमार विरुद्ध ४ विकेट लिए।प्रतियोगिताभर उनले ११ विकेट लिए।

व्याटिङ तर्फ फाईनलमा उनले सवैभन्दा राम्रो प्रदर्शन गरेका थिए । फाईनल खेलमा २३ वलको सामना गरेका उनले एक छक्का र ५ चौकाको मदत्तले अविजित ४६ रनको पारी खेलेका थिए । सेमिफाईनलमा पनि १८ रनको योगदान दिएका थिए।

यु–१६ नेपाली क्रिकेट टोलीका अर्का सदस्य सुवोधले दुईवटा मात्रै खेल खेल्ने मौका पाएका थिए । त्यसमा उनले फाइृनलमा २२ रन वनाएका थिए । जसमा ४ चौका प्रहार गरेका थिए।

यसैवीच दुवै खेलाडीलाई निशुल्क रुपमा एक वर्षको क्रिकेट प्रशिक्षण दिईने भएको छ । सुदुरपश्चिमाञ्चल एकेडेमी र धनगढी क्रिकेट एकेडेमीले खर्च व्यहोर्ने गरी ६ महिनाको भारत र ६ महिनाको श्रीलंकामा क्रिकेट प्रशिक्षण दिईने भएको हो।

उनीहरुको प्रदर्शनलाई अझ निखार्नका लागि निशुल्क प्रशिक्षणका लागि दुवै जनालाई पठाउने सुदुरपश्चिमाञ्चल एकेडेमीका निर्देशक तथा धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवाश शाहीले सम्मान कार्यक्रममा घोषणा गरे।

यो पनि हेर्नुहोस्:

सिंगापुरलाई हराउँदै नेपाल च्याम्पियन

मलेसियालाई हराउँदै नेपाल फाइनलमा

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?