हरिद्वारमा पूर्वराजासँग बिताएका पाँच घन्टा

हरिद्वारमा पूर्वराजासँग बिताएका पाँच घन्टा
+
-

हरिद्वार महाकुम्भ २०२१ का उपलक्ष्यमा हरिद्वार आएका नेपालका पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा भव्य कार्यक्रम आयोजना गरे निरञ्जन पीठाधीश्वर श्री कैलाशन्दजी महाराजले।

चण्डीघाटस्थित दक्षिणकाली मन्दिरको प्रांगणमा भएको यस कार्यक्रममा निरञ्जनी अखाडाका आचार्य महामण्डलेश्वर स्वामी कैलाशानन्दका अतिरिक्त जूना अखाडाका महामण्डलेश्वर श्री अर्जुन पुरीजी, केन्द्रीय मन्त्री साध्वी निरञ्जन ज्योति, आचार्य बालकृष्ण, प्रधानमन्त्री नरेन्द्र मोदीका भाइ प्रह्लाद मोदीका अतिरिक्त थुप्रै साधु सन्यासीले पूर्वराजाको स्वागत अभिनन्दन गरे।

पूर्वराजा ज्ञानेन्द्रले आफ्नो स्वागत अभिनन्दनपछि मञ्चमा आसीन समस्त साधुसन्तका समीप गई आशीर्वाद लिए। उनले मञ्चबाट ओर्लेर तल बसेका साधुसन्तबाट आशीर्वाद ग्रहण गर्दाको दृश्य हेर्दा कताकता लाग्यो, धर्मप्रतिको श्रद्धा र आस्था संस्कारस्वरूप नै मानिसमा आएको हुन्छ।

उनले समस्त सन्त, महन्त, महामण्डलेश्वरलाई पुष्पमाला, खादाका साथै दक्षिणास्वरूप खाम प्रदान गरे।

कार्यक्रममा हरिद्वारको प्रसिद्ध साध्वी सन्तोषी माता, भारत माता मन्दिरका प्रमुख, साध्वी निरञ्जन ज्योति लगायत थुप्रै सन्तले पूर्व राजालाई आशीर्वाद दिए।

पूर्वराजाले आफ्नो सम्बोधनमा धर्मनगरी हरिद्वार आइपुग्दा आफू अति हर्षित भएको भन्दै हिन्दू धर्मसंस्कृति, यसका मूल्यमान्यता तथा यसका प्रतीक मठ मन्दिरको सरंक्षण हेतु सबैलाई लागिपर्न आह्वान गरे। उनले स्पष्ट शब्दमा हिन्दू धर्ममाथि बाह्य शक्तिको अतिक्रमण भइरहेको औँल्याए।

पूर्वराजाले तीन पेज लामो मन्तव्य दिएका थिए। उनले नेपाली भाषामा दिएको मन्तव्यको हिन्दी रूपान्तरण गर्ने अभिभारा निर्वाह गर्न पाउँदा यस पंक्तिकारलाई गौरव प्रतीत हुनुका साथै कताकता अनुभूति भयो- हिन्दू धर्मरक्षक हिन्दू नरेशको धर्म सुदृढ़ीकरण अभियानमा यस अकिंचनले पनि केही योगदान गर्न पायो।

पूर्व राजाको यस धार्मिक यात्रामा निरञ्जन पीठाधीश्वर आचार्य महामण्डलेश्वर कैलाशानन्द गिरीको अभियानमा नेपालका पण्डित केशवराज घिमिरे तथा भारतका यशवन्त सिंह नेगीको सक्रिय भूमिका थियो। नेगी आचार्य महामण्डलेश्वरज्यूको निमन्त्रणा बोकी नेपाल गएका थिए।

सन्यासीहरुको परम्परा अनुसार भोजन गर्नेलाई दक्षिणा प्रदान गरिन्छ। उनलाई पनि दक्षिणा दिइयो। उनले भोजन उपरान्त खाम खोलेर हेरे। नोट बाहिर झिकी पुनः खाममा राखे। कुनै पार्श्ववर्ती नजिक नभएकाले उनले खाम हातमै लिइराखे।

कोभिडका कारण उत्तराखण्डका मुख्यमन्त्री तथा राज्यपालसँग उनको भेट हुने निश्चित भएर पनि स्थगित भयो। स्वागत अभिनन्दन कार्यक्रमपछि सामूहिक भोजनको आयोजना गरिएको थियो। पूर्व राजाले भुईँमा बसेर ५ सयभन्दा बढी साधुसन्यासीका साथ भोजन ग्रहण गर्नुभयो।

धर्मनगरी हरिद्वार पुगेर र यहाँका साधू सन्यासीबाट प्राप्त सम्मान एवं अपनत्वबाट कतिसम्म हर्षित आनन्दित एवं भावविभोर  भएका थिए भने पातको टपरी एवं दुनाबाट भोजन ग्रहण गर्ने क्रममा दुबै हातको प्रयोग गरे। दायाँ हातमा रहेको प्लास्टिकको चम्चाले तरकारी र खीर खाँदै उनले बायाँ हातबाट रोटी ग्रहण गरे। भोजन उपरान्त उनले गिलासमा दिइएको नर्मल पानी पिए र मिनरल वाटरको बोतलबाट हात पखाले।

पूर्वराजादेखि २ मिटर पर भोजन ग्रहण गरिरहेको मेरो ध्यान भोजनभन्दा उनीमाथि नै केन्द्रित थियो।

सन्यासीहरुको परम्परा अनुसार भोजन गर्नेलाई दक्षिणा प्रदान गरिन्छ। उनलाई पनि दक्षिणा दिइयो। उनले भोजन उपरान्त खाम खोलेर हेरे। नोट बाहिर झिकी पुनः खाममा राखे। कुनै पार्श्ववर्ती नजिक नभएकाले उनले खाम हातमै लिइराखे।

आचार्य महामण्डलेश्वर कैलाशानन्दज्यूले शाही स्नानमा सम्मिलित हुन मलाई पनि निमन्त्रणा दिए तर यो मेरा लागि सम्भव थिएन किनकि उनी निरञ्जनी अखाडाको प्रमुख र म जूना अखाडासँग सम्बन्धित, तसर्थ मैले उनीसँग विवशता व्यक्त गरे।

भोजन उपरान्त मैले पूर्वराजासँग विन्ती गरेँ-  सरकार, अब म जान्छु। सरकारसँग काठमाडौँमा एउटा भेट चाहन्छु।

उनले शालीनतापूर्वक भने, ‘हुन्छ, काठमाडौँमा भेटौँला।’

बाहिर उनका सहायकसँग भेट भयो। काठमाडौँमा भेट्ने वाचा गर्दै म उनीसँग विदा भई अमर उजाला दैनिकको रिपोर्टरको मोटर साइकलमा बसी आफू बसेको पाइलट बाबा आश्रममा फर्केँ।
पूर्व राजासँग बिताएको ४-५ घण्टाको अनुभूति काठमाडौँ फर्केपछि लेखौँला।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?