करणी गरेको होइन भन्दै सिद्धबाबाले गरे पुनरावेदन

करणी गरेको होइन भन्दै सिद्धबाबाले गरे पुनरावेदन
फाइल फोटो।
+
-

काठमाडौँ – आफ्नै अनुयायीमाथि करणी आरोप लागेर सफाइ पाएका सिद्धबाबा कृष्णबहादुर गिरीले उच्च अदालतमा पुनरावेदन दर्ता गराएका छन्।

विराटनगरस्थित उच्च अदालतका विराटनगरका सूचना अधिकारी ओम सुवेदीका अनुसार जिल्लाको फैसलामा भनिएजस्तो सहमतिमा करणी नभएको दाबीसहित गिरीले बिहीबार निवेदन दर्ता गराएका हुन्।

मंसिर २२ गते जिल्ला अदालत सुनसरीले गिरीलाई सहमतिमा करणी गरेको देखिएकाले बलात्कार नठहरिने फैसला गरेको थियो।

सो समय जिल्ला अदालत सुनसरीले गिरीलाई सफाइ दिएको थियो।

न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले प्रतिवादी पक्षको एकतर्फी बहसपछि गिरीलाई सफाइ दिएको हो।

सो समय पीडित महिला र गिरीबीच आदानप्रदान भएका सन्देशबाट सहमतिमा शारीरिक सम्पर्क भएको देखिएकाले अभियोग दाबीबमोजिम जबर्जस्ती करणीको कसुर कायम गर्न मिल्ने देखिएन भन्दै जिल्लाको फैसला रहेको छ।

सो सफाइको दुई महिनापछि फैसलाको पूर्णपाठ आएको हो।

सोही फैसलामा सहमति करणी भन्ने व्यहोरा त्रुटिपूर्ण भएको जनाउँदै करणी नभएकाले जिल्लाको फैसला उल्टाएर सफाइ दिनुपर्ने गिरीको माग छ।

यसअघि, ०७६ कात्तिक ४ गते राति सिद्धबाबाले करणी गरेको दाबीसहित ०७६ मंसिर ११ गते महिला अनुयायीले जिल्ला प्रहरी कार्यालय सुनसरीमा जाहेरी दिएकी थिइन्।

जाहेरी परेपछि हिरासतको अवधि सिद्धबाबाले विराट नर्सिङहोममा बिताएका थिए। गिरीलाई १४ पुस ०७६ मा जिल्ला अदालत सुनसरीका न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले ३ लाख धरौटीमा पूर्पक्षका लागि छाड्ने आदेश दिएको थियो।

यद्यपि, माघ ९ गते उच्च अदालतले गिरीलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको थियो। आदेशअघि भारत पुगेका सिद्धबाबा ४० दिनपछि नेपाल फर्किएर सुनसरी कारागारमा बसेका थिए।

 

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?