राजस्व विभागद्वारा नबिल बैंक सम्मानित

राजस्व विभागद्वारा नबिल बैंक सम्मानित
+
-

काठमाडौँ –  आर्थिक वर्ष ०७५/०७६ मा बैंक तथा वित्तीय संस्थामध्ये सबैभन्दा बढी कर्पाेरेट ट्याक्स जम्मा गर्ने नबिल बैंकलाई आन्तरिक राजस्व विभागले सम्मानित गरेको छ।

बैंकले गत आर्थिक वर्ष एक अर्ब ९० करोड कर सरकारलाई तिरेको थियो। विभागले गत मंसिरमा कर दिवसको अवसर पारेर बैंकहरूमध्ये सबैभन्दा बढी कर्पाेरेट ट्याक्स जम्मा गर्ने सूचीमा नबिल बैंकलाई राखेको थियो।

पछिल्लो १० वर्षमा नबिल बैंक उच्च कर भुक्तानी गर्नेमा यो पाँचाैँ पटक सम्मानित भएको हो। समृद्ध मुलुक निर्माणका लागि बैंकले आफ्नो तर्फबाट सरकारलाई योगदान पुर्‍याएकोमा गर्व महसुस गरेको जनाएको छ।

नबिल बैंकले राज्यलाई १५ अर्ब ६ करोड रुपैयाँ कर बुझाएको छ। यो भनेको बैंकको कुल पुँजीको १ दशलमव ५ ‘टाइम्स’ बढी हो।

नेपालको निजी क्षेत्रको पहिलो बैंक नबिलले आफ्ना लगानीकर्तालाई हालसम्म १ हजार ८ सय ७५ प्रतिशत लाभांश वितरण गरिसकेको छ।

बैंकले हालसम्म १८ सय ७५ प्रतिशत लाभांश वितरण गरेको दाबी गरेकाे छ। बेलायतबाट प्रकाशन हुने पत्रिका युरोमनीले लगातार दोस्रो पटक नबिल बैंकलाई ‘नेपालको उत्कृष्ट बैंक’द्वारा पुरस्कृत गरिसकेको छ।

बैंकले ग्रोथ सेलरमार्फत कर्मचारी अनुभवमा उत्कृष्ट अवार्ड पनि प्राप्त गरेको छ। बैंकले ११९ शाखा, १८५ एटीएम, १५ सयभन्दा बढी नबिल रेमिट एजेन्ट रहेको जनाएको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?