कुमारी बैंक र उपाय सीटी कार्गोबीच सहकार्य

कुमारी बैंक र उपाय सीटी कार्गोबीच सहकार्य
+
-

काठमाडौँ– नगदमा आधारित कारोबार–भुक्तानीलाई नगदरहित बनाउने उद्देश्यले कुमारी बैंक लिमिटेडले उपाय सीटी कार्गो प्राइभेट लिमिटेडसँग सहकार्य गरेको छ।

उक्त सम्झौतापत्रमा बैंकका सञ्चालक समितिका अध्यक्ष अमिरप्रताप राणा, उपाय सीटी कार्गो प्राइभेट लिमिटेडका अध्यक्ष सुमन रायमाझी र एफवान सफ्ट एन्टरनेसनलका विश्वास ढकाल तथा युके एडलगायत संस्थाका व्यवस्थापन समूहका सदस्य एवं प्रतिनिधिबीच यस सहकार्यको आधिकारिक हस्ताक्षर भएको हो।

उपाय सीटी कार्गोसँग आबद्ध पिकअप ड्राइभर पार्टनरलाई क्युआरकोड तथा डिजिटल भुक्तानी प्रणालीमा आबद्ध गराई, यसको प्रशिक्षण दिएर अनौपचारिक ढंगले सञ्चालित ढुवानी व्यवसायलाई अझ व्यवस्थित र भरपर्दो बनाउने कुमारी बैंक र उपाय सीटी कार्गोको मूल उद्देश्य रहेको छ।

यस सहकार्यअन्तर्गत कुमारी बैंकले उपायका ड्राइभर पार्टनरलाई सुविधाका साथै सहुलियत कर्जा, जीवन बिमा, न्यूनतम डाउन पेमेन्ट र ईएमआए पेमेन्ट छनोटलगायत थप सेवासुविधा प्रदान गर्ने भएको छ।
नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने नेपाल राष्ट्र बैंकको लक्ष्य तथा नीतिअनुरूप नगद कारोबारलाई डिजिटल प्रविधिबाट भुक्तानी गर्न आयोजित उक्त कार्यक्रमले बैंकिङ सेवा क्षेत्रमा आउँदो डिजिटल आयामको संकेत दिएको छ।
बैंकले आफ्ना देशव्यापी १९२ शाखा सञ्जाल, १६५ एटीएम, २६ शाखारहित बैंकिङ इकाइ तथा १३ एक्सटेनसन काउन्टरबाट बैंकिङ सुविधा दिँदै आएकोे छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?