भारतमा तेलको मूल्‍य विवादलाई लिएर विपक्षीको अवरोध, दुवै सदन भोलिसम्‍मको लागि स्थगित

भारतमा तेलको मूल्‍य विवादलाई लिएर विपक्षीको अवरोध, दुवै सदन भोलिसम्‍मको लागि स्थगित
+
-

भारतमा संसदको बजेट सत्रको दोस्रो सेशनमा तेलको मूल्‍यलाई लिएर निक्कै विवाद भएको छ।

तेलको मूल्‍य वृद्धिलाई लिएर दोस्रो दिन पनि विपक्षी पार्टीले सदन अवरुद्ध गरे। यसपछि लोकसभा तथा राज्‍यसभाको बैठक बुधबारसम्‍मको लागि स्थगित गरिएको छ।

दिउँसो १२ बजे लोकसभाको कामकारबाही सुरु हुने बित्तिकै विपक्षी सांसदहरुले सदन अवरुद्ध गरेका थिए। कांग्रेसका केही सांसदहरुले त बेलमा आएर तेलको मूल्‍य फिर्ता लिनु पर्ने समेत माग गरे।

त्यही दिन कांग्रेसका नेता अधीर रञ्‍जन चौधरीले लोकसभा टेलिभिजनमा विपक्षीले भनेको कुरा नदेखाएको आरोप लगाए। उनले भने, ‘हाम्रो (विक्षपी) कुरा लोकसभाको टेलिभिजनमा आउँदैन।’

यता, लोकसभाका अध्‍यक्ष ओम बिड्लाले उक्त टेलिभिजनमा विपक्षीले देशलाई हंगामा देखाउन खोजेको हो भनी प्रतिप्रश्‍न गरेका छन्।त जवाफमा चौधरीले उक्त प्रदर्शन संसदीय कारबाहीको हिस्सा भएकाले देखाउनु पर्ने जिकिर गरेका छन्।

यस्तै राज्‍यसभामा रहेका केन्द्रीय मन्त्री रविशंकर प्रसाद तथा कृषिमन्त्री नरेन्द्र सिंह तोमरले कैयौ विधेयक पेश गर्ने भनिए पनि संदन अवरुद्धपछि पेश गर्न पाएनन्।

यता, कैयौ राज्‍यको विधानसभा चुनावका कारण संसदको सत्रलाई छोट्‍याउन सक्‍ने भारतीय सञ्‍चार माध्‍यमहरुले उल्लेख गरेका छन्।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?