स्वास्थ्य प्रणालीबारे खोज अनुसन्धान गर्न स्वास्थ्‍य परिषद्‌ले सम्‍मेलन गर्ने

स्वास्थ्य प्रणालीबारे खोज अनुसन्धान गर्न स्वास्थ्‍य परिषद्‌ले सम्‍मेलन गर्ने
+
-

काठमाडौ- नेपालको बदलिदो स्वास्थ्य प्रणालीका लागि उच्च स्तरीय अनुसन्धान गर्न नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले
स्वास्थ्य तथा जनसंख्या बैज्ञानिकहरुको चौथो सम्मेलन गर्ने भएको छ। मंगलबार राजधानीमा पत्रकार सम्‍मेलनको आयोजना गर्दै परिषद्‌ले चैत २८ २९ गते सम्‍मेलन हुने जानकारी गराएको हो।

परिषद्‌ले सम्‍मेलनमा सय बढी स्वास्थ्य तथा जनसंख्या विज्ञहरुलाई एउटै ठाँउमा भेला गरी बदलिदो स्वास्थ्य प्रणालीमा समय सान्दर्भिक अनुसन्धानको बारेमा छलफल चलाउने जनाएको छ।दुई दिन हुने सम्‍मेलनमा अनुसन्धानकर्तालाई जिम्‍मेवारीपूर्ण अनुसन्धान कार्यमा लगाउने परिषद्का कार्यकारी अध्यक्ष डा.अन्जनी कुमार झाले जानकारी दिए।

उनले भने, ‘ हामीले जनसंख्‍या तथा स्वास्थ्‍य क्षेत्रको बारेमा गहन छलफल र अनुसन्धान गर्ने योजनामा छौ। यसबाट केही नयाँ कुराको खोजी हुन्छ।’ उनले खोज तथा अनुसन्धानका ६५ वटा कार्यपत्रको मौखिक प्रस्तुति समेत रहने बताए।अनुसन्धानमध्‍य ८ वटा आमन्त्रित विज्ञहरुले गर्नेछन् जसमा संघीयतामा स्वास्थ्य, नेपालमा सर्ने र नसर्ने रोग र गरिबीको बारेमा हुनेछन्।

यस्तै पोषण र खाद्य सुरक्षा, मानसिक स्वास्थ्य, नवजात शिशु, किशोर किशोरीको स्वास्थ्य तथा लैङ्कि हिंसा लगायतका विषयमा समेत अन्तरक्रिया हुने छ।
सम्मेलनबाट प्राप्त सुझावहरु नीति निर्माण, योजना तर्जुमा, विकास तथा मुल्याङ्कन गर्नुका साथै वैज्ञानिकहरुलाई आफ्नो खोज तथा अनुसन्धानलाई जिम्मेवारी पूर्ण अनुसन्धान कार्य गर्न प्रेरित हुने परिषद्‌को दावी छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?