कैलालीमा सवा लाख भन्दा बढी मत बदर

कैलालीमा सवा लाख भन्दा बढी मत बदर
+
-

धनगढी-निर्वाचन आयोगले मतदाता शिक्षाका लागि करोडौ रकम खर्च गरे पनि कैलालीमा सवा लाख भन्दा बढी मत बदर भएको छ।

प्रत्यक्ष र समानुपातिकतर्फ गरी कैलालीमा १ लाख २७ हजार ३ सय ६७ मत बदर भएको क्षेत्रीय निर्वाचन कार्यालय धनगढीले जनाएको छ।

ठूलो संख्यामा मत बदर भएपछि निर्वाचन आयोगले मतदाता शिक्षाका लागि खर्च गरेको करौडौ रकमको प्रभावकारितामा प्रश्‍न उठेको छ।

४ लाख ६० हजार मतदाता रहेको कैलालीमा ३ लाख ९ हजार जनाले गत मंसिर २१ गते भएको प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा भाग लिएका थिए।

तर उनीहरुमध्ये सवा लाख भन्दा बढी अर्थात १ लाख २७ हजार ३ सय ६७ जनाको मत बदर भएर खेर गएको छ। कैलालीमा प्रत्यक्षतर्फ प्रतिनिधि सभामा ६ प्रतिशत र प्रदेश सभामा साढे ५ प्रतिशत मत बदर भएका हुन।

त्यस्तै समानुपातिकमा प्रतिनिधि सभामा १२ प्रतिशत र प्रदेश सभामा साढे १८ प्रतिशत मत बदर भएको छ। प्रत्यक्षमा भन्दा बढी मत समानुपातिकतर्फ बदर भएको छ।

प्रतिनिधि सभातर्फ प्रत्यक्षमा ३ लाख ९ हजार र समानुपातिकमा ३ लाख ७ हजार मत खसेको थियो। त्यसमध्ये प्रत्यक्षतर्फ ३५ हजार १ सय ३४ मत बदर भएको छ भने समानुपातिकतर्फ ९२ हजार २ सय ३३ मत बदर भएको आयोगले जनाएको छ।

समानुपातिकतर्फ प्रतिनिधि सभामा मात्रै ३६ हजार मत बदर भएका छन भने प्रदेश सभामा ५६ हजार ४ सय २० मत बदर भएका छन्।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?