मेची आँखा अस्पतालले आँखाको नानी संकलन गर्दै

मेची आँखा अस्पतालले आँखाको नानी संकलन गर्दै
+
-

विर्तामोड – झापाको विर्तामोडमा रहेको मेची आँखा अस्पतालले बुधबारदेखि आँखाको नानी संकलन गर्ने भएको छ । अन्धोपनलाई न्यूनिकरण गर्नका लागि मृत शरीरबाट आँखाको नानी संकलन गर्ने कार्यक्रम गर्न लागिएको मेची आँखा अस्पतालका निर्देशक डा. पुरुषोत्तम जोशीले बताए ।

अस्पतालमा कार्यरत आँखाको नानी रोग विशेषज्ञहरु डा. विजय भुषाल र डा. अनिका शाहले आँखा नानी संकलन गर्ने कामको नेतृत्व गर्ने अस्पतालका निर्देशक डा. जोशीले जानकारी दिए । संकलन गरिएको आँखाको नानी २४ घन्टाभित्रमा तिलगंगा आँखा अस्पताल काठमाडौंमा रहेको आँखा व्यांकमा पुर्‍याइने उनले बताए ।

आँखाको नानीमा फुलो परेमा कुनै पनि औषधिले काम नगर्ने र एकमात्र उपाय आँखाको नानी प्रत्यारोपण नै भएको आँखा रोग विशेषज्ञ बताउँछन् । जस्का लागि मानिसको मृत्युपछि आँखाको नानी झिकेर दृष्टिबिहीनलाई प्रदान गरिन्छ ।

अहिलेसम्म मेची आँखा अस्पतालले १ सय ५१ जनाको आँखाको नानीको प्रत्यारोपण गरिसकेको छ । प्रत्यारोपण गर्नुपर्दा तिलगंगा अस्पताल काठमाडौंबाट आँखाको नानी ल्याइने मेची आँखा अस्पतालले जानकारी दिएको छ ।

नेपालमा बर्सेनि १० हजार आँखाको नानीको आवश्यक्ता रहेको आँखाको नानी रोग विशेषज्ञ डा. विजय भुषालले बताए। तर एक हजार मात्र आँखा नानी प्राप्त हुने गरेको उनको भनाई छ । उनले आँखा दानका लागि सबैसंग आग्रहसमेत गरेका छन् ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?