पाँच महिनामै १ खर्ब २ अर्ब आन्तरिक ऋण

पाँच महिनामै १ खर्ब २ अर्ब आन्तरिक ऋण
+
-

काठमाडौँ- चालु आर्थिक वर्षमा उठाउनुपर्ने १ खर्ब ४५ अर्ब रुपैयाँ आन्तरिक ऋणमध्ये सरकारले पाँच महिनामै १ खर्ब २ अर्ब रुपैयाँ उठाएको छ।

पुँजीगत खर्च उल्लेख्य नबढेको अवस्थामा सरकारले ठूलो परिणाममा आन्तरिक ऋण उठाउँदा अर्थतन्त्र कमजोर भएको आँकलन हुँदैछ।

राजस्व सचिव शिशिरकुमार ढुङ्गाना बजेटको प्रावधान अनुरुप नै ६ प्रतिशत ब्याजदरमा आन्तरिक ऋण उठाएकाले अर्थतन्त्र जोखिममा नरहेको बताउँछन्।

‘अहिले बजारमा पर्याप्त तरलता छ’, उनले भने, ‘ब्याजदर पनि सस्तो छ त्यसैले पनि आन्तरिक लिइएको हो।’

बजेटमा तोकिएको रकमभन्दा बढी आन्तरिक ऋण उठाउनु भने जोखिमपूर्ण हुने भन्दै उनले अहिले सरकारले ढुकुटी कमजोर भएर आन्तरिक ऋण नउठाएको बताए।

‘बजेटमा आन्तरिक ऋण उठाउने भनिएको हुन्छ तर कहिले उठाउने भनेर तिथि मिति तोकिँदैन’, ढुङ्गानाले भने, ‘सरकारले आफूलाई आवश्यक परेका बखत बजारको अवस्था हेरी आन्तरिक ऋण उठाउन सक्छ।’

विनियोजन ऐन-२०७४ को दफा ४(३) अनुसार साउन १ गते ७५ अर्ब र मंसिर १ गते ७५ अर्ब स्थानीय तहमा निकास भएको छ। यसै गरी निर्वाचनका लागि निर्वाचन आयोगलाई १० अर्ब र सुरक्षा निकायलाई ९ अर्ब ५४ करोड निकासा दिइएको छ। यसले गर्दा अहिले सरकारलाई पैसाको आवश्यकता परेकाले आन्तरिक ऋण उठाइएको हो।

सरकारले चालु आर्थिक वर्षभित्र थप ४३ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने उनले जानकारी दिए।

चालु आर्थिक वर्षमा १२ खर्ब ७८ अर्ब ९९ करोड ४८ लाख ५५ हजार रुपैयाँको बजेट छ।

बजेटमा राजश्वबाट ७ खर्ब ३० अर्ब ५ करोड रुपैयाँ,  वैदेशिक ऋणबाट २ खर्ब १४ अर्ब ३ करोड रुपैयाँ , आन्तरिक ऋणबाट १ खर्ब ४५ अर्ब रुपैयाँ, गत बर्षको नगद मौज्दातबाट १ खर्ब २ अर्ब ७३ करोड रुपैयाँ, वैदेशिक अनुदान ७२ अर्ब १६ करोड रुपैयाँ र सावाँ फिर्ताबाट १५ अर्ब रुपैयाँ रकम जुटाउने प्रस्ताव गरिएको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?