प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज विश्वासको मत लिँदै

प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज विश्वासको मत लिँदै
प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ ।
+
-

पोखरा – प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शुक्रबार विश्वासको मत लिँदैछन् । उनले दिउँसो एक बजे विश्वासको मत लिने कार्यसूचि प्रदेशसभा सचिवालयले तयार गरेको छ ।

संविधानको धारा १६८ को उपधारा ४ बमोजिम मुख्यमन्त्री नियुक्त भएको मितिले ३० दिन भित्र संसदबाट विश्वासको मत लिनुपर्ने व्यवस्था रहेको छ । माघ २८ गते एमाले संसदीय दलको नेताका रुपमा निर्वाचित गुरुङले २९ गते प्रदेश प्रमुख बाबुराम कुँवरबाट मुख्यमन्त्री पदको नियुक्ति लिएका थिए ।

गुरुङले विश्वासको मत लिने, संसद बैठकमा टेबल भएको प्रदेश सभा नियमावली पारित गर्ने र आर्थिक कार्यविधि टेबल गर्ने सूचि रहेको प्रदेशसभा सचिवालयका उपसचिव नगेन्द्रराज पौडेल जानकारी दिए ।

बैठकमा मुख्य मन्त्री गुरुङले आफूलाई विश्वासको मतकालागि प्रस्ताव राख्नेछन् । प्रस्ताव उपर उठेका विषयमा गुरुङले जवाफ दिएपछि संसदमा लिखित रुपमा मतदान हुनेछ ।

गुरुङले विश्वासको मत प्राप्त गरेपछि मुख्यमन्त्री विरुद्ध २ वर्षसम्म अविश्वासको प्रस्ताव लैजान नमिल्ने संवैधानिक व्यवस्था रहेको छ ।

६० सदस्य रहेको प्रदेश ४ मा एमालेका २७ माओवादीका १२ र कांग्रेसका ११, जनमोर्चाका ३ र नयाँ शत्तिका २ सदस्य रहेका छन् ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?