‘निर्वाचनको समाचार संकलन कार्य सहज हुनुपर्छ’

‘निर्वाचनको  समाचार  संकलन कार्य सहज हुनुपर्छ’
+
-

पोखरा- नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले निर्वाचनमा मतदानदेखि मतगणनासम्म समाचार संकलनका लागि सहज वातावरण हुनुपर्नेमा जोड दिएका छन् । नेपाल पत्रकार महासंघ कास्कीद्वारा आज यहाँ आयोजित ‘निर्वाचनमा मिडियाको भूमिका’ विषयक अन्तरक्रियामा उनले भने, – “समाचार संकलन गर्दा निश्पक्ष, स्वतन्त्र र सत्यतथ्यमा आधारित भएर गर्नुपर्छ ।’

महासचिव विष्टले न्यूनतम पारिश्रमिक लगायतका समस्याको समाधानका लागि वर्तमान कार्य समिति क्रियाशील बन्ने विश्वास व्यक्त गर्दै महासंघमा सदस्यता शुद्धीकरणको आवश्यकता रहेको बताए ।

महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीले महासंघको सदस्यता परिचयपत्रलाई व्यवस्थित गर्दै वर्षेनी प्रदान गर्ने वातावरण तयार गर्नुपर्ने धारणा व्यक्त गरे।  महासंघका पूर्वकेन्द्रीय उपाध्यक्ष गंगाधर पराजुलीले पत्रकारिता क्षेत्रमा पेशागत मूल्यमान्यता कायम हुनुपर्नेमा जोड दिए।

महासंघका जिल्ला अध्यक्ष दीपेन्द्र श्रेष्ठले सदस्यता परिचयपत्र वितरण लगायतका कुरालाई सम्बन्धित शाखामार्फत गर्ने व्यवस्था गरिएमा सहज बन्ने विश्वास व्यक्त गरे। कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका पूर्वअध्यक्ष पुण्य पौडेल, सुरेन्द्र थापा मगर, कमल पौडेल ‘अथक’ लगायतले आ–आफ्ना धारणा व्यक्त गरे। रासस

यो पनि हेर्नुहोस्:

राष्ट्रियसभा गठन विवादमा निर्वाचन आयोग पनि उत्रियो

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?