प्रदेश २ मा चार मन्त्रीसहित तीन राज्यमन्त्रीले लिए सपथ

प्रदेश २ मा चार मन्त्रीसहित तीन राज्यमन्त्रीले लिए सपथ
प्रदेश नम्बर २ मा चार मन्त्रीसहित तीन राज्यमन्त्रीले सपथ ग्रहण लिँदै। दुई सातापछि मुख्यमन्त्री लालबाबु राउत गद्दीले मन्त्रीमण्डल विस्तार गरेका छन्। तस्बिर-प्रतिभा झा/देश सञ्‍चार
+
-

जनकपुरधाम-प्रदेश नम्बर २ मा सरकार गठन भएको करिब दुई सातापछि मुख्यमन्त्री लालबाबु राउत गद्दीले मन्त्रीमण्डल विस्तार गरेका छन्। मन्त्रीमण्डल विस्तार भएसंगै बुधवार ४ मन्त्री सहित ३ जना राज्यमन्त्रीले सपथ ग्रहण गरेका छन्।

संघीय समाजवादी फोरम-राजपाको गठबन्धनमा बनेको प्रदेश २ को सरकारमा पहिलो चोटी मन्त्रीमण्डल विस्तार भएको हो।

फोरम राजपा गठबन्धनको सरकार रहेको प्रदेश २ मा फोरमबाट ज्ञानेन्द्र कुमार यादवले आन्तरिक मामिला तथा कानुन मन्त्री र शैलेन्द्र साहले भूमी कृषि तथा सहकारी मन्त्रीको रुपमा सपथ ग्रहण गरेका छन्।

यस्तै, राजपाबाट नवल किशोर साहले समाजिक विकाश मन्त्री र राम नरेश यादवले उद्योग पर्यटन तथा वातावरण मन्त्रीको रुपमा सपथ लिएका छन् ।
उहाँहरुलाई प्रदेश प्रमुख रत्नेश्वर लाल कायस्थले सपथ खुवाएका छन्।

यसैबीच, सरोज सिंहले आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री, योगेन्द्र रायले भूमी कृषि तथा सहकारी र उषा यादवले समाजिक विकाश राज्यमन्त्रीको रुपमा सपथ लिएका छन्।

उहाँहरुलाई मुख्यमन्त्री लालबाबु राउतले सपथ दिलाएका छन्। फोरमले ३ वटा राज्यमन्त्रीले सिफारिस गरेको छ भने राजपाले अहिले सम्म राज्यमन्त्री पठाएको छैन।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?