किर्ते सही गरेर पौने दुई करोड निकालेर फरार सिटिइभिटीका कर्मचारी पक्राउ

किर्ते सही गरेर पौने दुई करोड निकालेर फरार सिटिइभिटीका कर्मचारी पक्राउ
सांकेतिक तस्बिर।
+
-

जनकपुरधाम – किर्ते सही गरी झण्डै दुई करोडो रुपैयाँ चोरी गरेका एकजना पक्राउ परेको छ । पक्राउ पर्नेमा महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिका वडा नं. १ घर भई हाल धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ मा बस्दै आएका ४२ वर्षे प्रविण कुमार ठाकुर रहेको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले बताएका छन् ।

उनले किर्ते सही गरी पौने दुई करोड रुपैयाँ चोरी गरी फरार रहेका थिए । आइतबार भारतबाट लुकिछिपी आइरहेको अवस्थमा जिल्ला प्रहरी धनुषाबाट खटेको विशेष टोलीले मुखीयापट्टी मुसहर्निया गाउँपालिका वडा नं. ३ तुलसियाहीमा घेरा हाली पक्राउ गर्न सफल भएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।

ठाकुर प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद प्रदेश कार्यालय प्रदेश नं. २ अन्तर्गत संचालित विपी मेमोरियल पोलिटेक्निकल इनस्टिच्युड लक्ष्मीनियमा–४ सपही, धनुषामा करारमा सहायक ल्याव प्रशिक्षक पदमा कार्यरत थिए । उनले विभिन्न समयमा विपी मेमोरीयलबाट कार्यालयको चेकहरु चोरी गरी कार्यालयको लेखापाल सन्तोष कुमार यादवको सही किर्ते गरी छुट्टाछुट्टै बैँकमा ६२ लाख ५६ हजार ९ सय चोरी गरेको आरोप छ ।

यस्तै धनुषा जिल्लामा रहेको प्रदेश कार्यालयमा समेत विभिन्न मितिमा चेक चोरी गरी कार्यालयका लेखापाल ब्रहमदेव ठाकुरको सही किर्ते गरी विभिन्न बैँकबाट १ करोड १५ लाख ४५ हजार झिकी फरार भएको थिए ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?