नौ कक्षाका विद्यार्थीलाई नगरपालिकाले बाँड्याे ९९ ल्याप्टप

नौ कक्षाका विद्यार्थीलाई नगरपालिकाले बाँड्याे ९९ ल्याप्टप
+
-

जनकपुरधाम– महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाले कक्षा ९ मा अध्ययनरत ९९ जना छात्रछात्रालाई ल्याप्टप वितरण गरेको छ।

शनिबार आयोजित एक कार्यक्रममा नगरपालिकाले श्रीराम माध्यमिक विद्यालयका ७४ र मझौरा माध्यामिक विद्यालयका २५ गरी ९९ जना विद्यार्थीलाई ल्याप्टप वितरण गरेको हो।

ल्यापटप वितरण कार्यक्रममा बोल्दै प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतले समृद्धिकालागि समानता आवश्यक रहेको बताए।

विश्वका समृद्ध मुलुकहरुमा महिला–पुरुष, दलित–गैरदलित जस्ता विभेद नरहेको उदाहरण दिँदै मुख्यमन्त्री राउतले समृद्धिको लागि सबै प्रकारको विभेदको अन्त्य हुन जरुरी रहेको बताए। विभेद अन्त्य गर्ने उद्देश्यका साथ प्रदेश सरकारले ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम संचालन ल्याएको दावी गरे।

मुख्यमन्त्री राउतले मटिहानी नगरापालिकाले विद्यार्थीहरुलाई ल्यापटप वितरण गरेर प्राविधिक शिक्षामा टेवा पुर्‍याएको बताए।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?