प्रदेश नं. ४ : चार सदस्यीय मन्त्रीपरिषद, माओवादी केन्द्रका सदस्य असन्तुष्ट

प्रदेश नं. ४ : चार सदस्यीय मन्त्रीपरिषद, माओवादी केन्द्रका सदस्य असन्तुष्ट
+
-

पोखरा – प्रदेश नम्बर ४ मा शुक्रबार बिहान विशेष समारोहका बिच मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, सभामुख नेत्रअधिकारी र प्रदेशसभा सदस्य रामशरण बस्नेतले प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीको शपथ लिए । उनीहरुलाई प्रदेश प्रमुख बाबुराम कुवँरले शपथ खुवाए ।

मुख्यमन्त्रीले शपथ ग्रहण गरेपछि धेरैको चासो मन्त्री को ? बन्ला भन्नेमा केन्द्रित थियो । गठबन्धनबाट बहुमत सिट जितेको एमाले माओवादीका निर्वाचित केही सदस्य एक से एक रुपमा आफूहरुलाई मन्त्री पदको दाबेदारको रुपमा प्रस्तुत गरिरहेकै बेला शुक्रबारको शपथ ग्रहण मुख्यमन्त्रीसहित एक मन्त्रीले मात्रै गरे ।

सोही दिन बेलुका मात्रै हरिबहादुर चुमानलाई आन्तरिक मामिला तथा कानुन (गृह) र लेखबहादुर थापालाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीको रुपमा नियुक्त गरिएको हो । सुरुमा माओवादीले मन्त्रीका विषयमा टुंगो लगाउन नसकेपछि ।

माओवादी केन्द्रले शुक्रबार साँझ बल्ल आफ्नो भागमा परेका दुई मन्त्री पठाएको हो । उनीहरुको जिल्ला प्रशासन कार्यालय कास्कीमा शुक्रबार नै शपथ गराईएको छ । योसँगै प्रदेश ४ मा चार सदस्यीय मन्त्रीपरिषद गठन भएको छ । एकै दिन दुई पटक प्रदेश प्रमुखले मन्त्रीलाई सपथ खुवाउनु पर्‍यो । थप दुई मन्त्रीहरुले शुक्रबार नै पदबहाली गरेका छन् ।

चुमानलाई देव गुरुङ र थापालाई हरि अधिकारीले अघि सारेका हुन् । चुमान एकता प्रक्रियाका क्रममा देव गुरुङसँगै माओवादी छिरेका हुन् भने लेखबहादुर थापा हरि अधिकारीका नजिकका नेता मानिन्छन् ।

माओवादी केन्द्रले मन्त्रीमा सिफारिस गरेका नामका विषयमा अहिले माओवादी केन्द्र भित्र असन्तुष्टी बढेको छ । माओवादी केन्द्र प्रदेश ४ को संसदीय दलका उपनेता रामजी बरालले गुट हावी भएको प्रतिक्रिया दिएका छन् भने अर्का पोलिटब्यूरो सदस्य एवं प्रदेशसभा सदस्य दीपक कोइरालाले पनि यो पार्टी र संसदीय दलको निर्णय नभएको बताएका छन् ।

असन्तुष्ट सांसदहरु मन्त्रीको सपथ ग्रहणमा समेत उपस्थित भएनन् । कास्कीका दीपक कोइराला, रामजी बराल, गायत्री गुरुङ, स्याङ्जाका दीपक चर्तीमगर, म्याग्दीका विनोद केसी, बागलुङका चन्द्रबहादुर बुढा लगायतका सांसद देखिएनन् ।

मन्त्रीका आंकाक्षी धेरै भएकै कारण थोरै पदमा मिलाउन गाह्रो भएको मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले बताए । प्रदेश ४ मा सात मन्त्रालयमा मुख्यमन्त्रीसहित पाँच एमाले र दुई माओवादी केन्द्रलाई परेको छ । गठबन्धनको प्रदेश ४ मा ३९ सिट रहेको छ ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?