प्रदेश-२को नाम मिथिला राख्‍न कलाकार र साहित्यकारकाे माग

प्रदेश-२को नाम मिथिला राख्‍न कलाकार र साहित्यकारकाे माग
+
-

जनकपुरधाम-प्रदेश दुईको नामाकरण र राजधानीकाे विषयमा राजनीतिक दलहरुले प्रस्ताव दर्ता गराईसकेको अवस्थामा कलाकारहरुले दलहरुलाई प्रदेशको नाम मिथिला राख्‍न दवाव श्रृजना गर्ने भएका छन्।

प्रदेशको नामाकरणका लागि प्रदेशसभा सचिवालयमा दलहरुले मिथिलालाई वेवास्ता गरेको भन्दै कलाकार, साहित्यकारहरुले दवाब श्रृजना गर्न लागेका हुन्।

मिथिला राज्य संघर्ष समिति जनकपुरधामले प्रदेशको नाम तथा राजधानीको विषयमा मंगलवार जनकपुरधाममा छलफल कार्यक्रम गरेको छ।

मिथिला नाट्य कलापरिषदमा आयोजना गरिएको छलफलमा सहभागिहरुले ऐतिहासिक पष्ठभूमि, भाषाको सघनता तथा सबैको पायक पर्ने ठाउँलाई आधार बनाएर प्रदेशको राजधानी जनकपुरधाम तथा प्रदेशको नाम मिथिला हुनु पर्नेमा जोड दिएका थिए।

कलाकार, साहित्यकार लगायत विभिन्न क्षेत्रका व्यक्तिहरुले दलहरुले यहाँको ऐतिहासिकता नबुझी नामाकरणको प्रस्ताव गरेको आरोप लगाए।

सहभागिहरुले मधेश प्रदेश केवल आठ जिल्ला मात्र नभएको बताउँदै यसमा पर्ने मिथिला तथा भोजपुरलाई मिलाएर पनि प्रदेश निर्माण गर्न सकिने अवस्था रहेको पनि बताए।

वक्ताहरुले विगतमा मिथिला आन्दोलनमा सहयोग गर्नेहरु पनि अहिले आएर मधेश प्रदेशको नाममा गएकोमा चिन्ता व्यक्त गर्दै उनिहरुले पुनः मिथिला नाम राख्नका सुझाव पनि दिएका छन्।

प्रदेश नंं २ को प्रदेश सभामा रहेका ४ वटा दलहरुले फरक–फरक प्रस्ताव दर्ता गरेपछि मिथिला नाट्य कलापरिषदमा सहमतिका लागि चारै तदका शीर्ष नेताहरुलाई राखेर सम्बाद गर्नका लागि पनि सुझाव दिएका थिए।

मिथिला प्रदेशको आन्दोलनमा शहादत दिएको शहिदको सपना साकार पर्नका लागि पनि मिथिला प्रदेश हुनुपर्ने र प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिकालाई चार किल्ला मानेर नामाकरण गर्न सकिने पनि बताए।

नेकपाका नेता शितल झाले यस प्रदेशको ऐतिहासिकता र पौराणिकता मिथिलाले नै झल्काउने भएकाले यस बिरुद्ध कार्य गर्नु अनुचित हुने बताए। दलहरुले ल्याएको अहिलेका प्रस्तावहरु धार्मिक, पौराणिक र ऐतिहासिक रुपमा सहि नभएको उनको भनाई थियो।

राजपाका नेता कृष्णा कुमार सिंह मधेश पार्टीको एजेण्डा रहेकोले यसलाई छोड्न नमिल्ने तर्क गरे। उनले मधेश पार्टीको एजेण्डा रहेपनि आफू मिथिलाको विरोधी नरहेको बताए। अहिले पनि समय रहेको यी सबैको मिलन बिन्दु के हुन सक्छ त्यसमा छलफल गर्नका लागि सबै पक्षलाई आग्रह गरे।

मिनापका अध्यक्ष प्रमेश झाले मिथिलाको पक्षमा माहौल बनाउनका लाई सबै दलसँग चाँडै लबिंग गर्ने जानकारी दिएका छन्। उनले प्रदेशको नाममा मिथिला नछुटाउने गरी दवाब श्रृजना गर्ने दावी गरे।

मिथिला राज्य संघर्ष समितिका अध्यक्ष परमेश्वर कापरको अध्यक्षतामा भएको सो कार्यक्रममा मिथिला नाट्यकलापरिषदका अध्यक्ष परमेश झा, पूर्व अध्यक्ष सुनिल मल्लिक, अभियानी जीवना चौधरी, नेकपाका नेता शितल झा, राजपाका नेता कृष्णा सिंह, साहित्यकार रोशन जनकपुरी, अभियन्ता शुशिल कर्ण, नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्र, नेपाली कांग्रेसका नेता धिरेन्द्र मोहन झा, प्रफुल्लराज घिमिरेकाे पनि सहभागिता थियाे।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?