चाउचाउ खाएर सुतेकी बालिकाको मृत्यु भएपछि प्रहरीले थाल्यो अनुसन्धान

चाउचाउ खाएर सुतेकी बालिकाको मृत्यु भएपछि प्रहरीले थाल्यो अनुसन्धान
सांकेतिक तस्बिर।
+
-

जनकपुरधाम – धनुषामा चाउचाउ खाएर सुतेकी एक बालिकाको मृत्यु र आमा छोरा बिरामी भएपछि प्रहरीले अनुसन्धान थालेको छ ।

धनुषाधाम नगरपालिका–३ तेजनगर बस्ने सत्रुधन साहकी ६ वर्षीया छोरी काजल साह शुक्रबार साँझ चाउचाउ खाएर सुतेको र सुतेकै अवस्थामा उनको मृत्यु भएको परिवारजनले बताएका छन् ।

काजलसँगै चाउचाउ खाएर सुतेकी बालिकाकी आमा र चार वर्षीय भाई राकेश पनि सिकिस्त बिरामी परेपछि प्रहरीले अनुसन्धान थालेको हो । बिरामी परेका दुवैजनाको उपचार भइरहेको प्रहरी निरीक्षक सुमन थापाले जानकारी दिए ।

शुक्रबार बेलुका उनीहरु चाउचाउ खाएर सुतेका थिए । परिवारका सदस्यले चाउचाउ खाएरै घटना भएको दाबी गरेका बेला पोष्टमार्टम रिपोर्टपछि मात्रै सत्य खुल्ने प्रहरी निरीक्षक थापाले बताए ।

थापाले चाउचाउ खाएकै कारणले काजलको मृत्यु भएको भनेपछि स्थानीय पसलहरुमा भएको सबै चाउचाउ नियन्त्रणमा लिइ परीक्षणकालागि जनकपुर पठाइएको उनले बताए ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?