को हुन् प्रदेश ४ का सभामुख नेत्रनाथ अधिकारी?

को हुन् प्रदेश ४ का सभामुख नेत्रनाथ अधिकारी?
नेत्रनाथ अधिकारी। तस्बिर: जमुना बर्षा शर्मानेत्रनाथ
+
-

पोखरा- नेकपा एमाले र माओवादी गठबन्धनबाट प्रदेश ४ को सभामुख बनेका नेत्रनाथ अधिकारीले यो राजनीतिक सफलता प्राप्त गर्न ठूलो राजनीतिक त्याग र तपस्या गरेका छन्।

‘देउपुरको जस्तो खेती र पाती बाजुङ्को जस्तो गाम, उराठै लाग्ने दुर्लुङको डाँडो मोहनी लाग्न पाङ्’ भन्ने लोकोक्तिबाट चर्चित गाउँमा २०२२ साल जेठमा बुबा थगराज र आमा देवकला अधिकारीको सन्तानका रुपमा उनी जन्मिएका हुन्।

नेपालको समाज परिवर्तनको आन्दोलनमा आफूलाई होमेका उनले २०३८ सालदेखि राजनीतिक यात्रा शुरु गरे। नेपालको परिवर्तन कम्युनिष्ट पार्टीबाट मात्रै सम्भव देखेर चरम पञ्चायती कालमा नै तत्कालीन नेकपा चौथो महाधिवेशनमा आवद्ध भएर उनले राजनीतिक यात्रा शुरु गरेका हुन्। देशको गरिबी र बेथिति देख्दा परिवर्तन गर्नुपर्छ भन्ने अठोट उनमा जागेको थियो।

अधिकारीले गाउँकै स्थानीय माविमा शिक्षक भई काम गरे। शिक्षण पेशामा लाग्दा पनि समाज परिवर्तनका कुरा गर्ने अधिकारीलाई शिक्षक आन्दोलामा सहभागी भएको आरोप लगाउँदै अस्थायी शिक्षण पेशाबाटै २०४१ सालमा बर्खास्त गरिएको थियो। उनले सो विद्यालयमा १८ महिना निशुल्क समेत अध्यापन गरे।

सामाजिक क्रान्तिका लागि उनले जेलयात्रा पनि भोगे। पञ्चायती शासकको यातनाले उनलाई झनै विद्रोही बनाएको थियो। राजनीतिक यात्राकै क्रममा उनी २०४५ सालमा अनेरास्ववियुको केन्द्रीय सदस्य भए। त्यसपछि २०४८ सालमा नेकपा मशालको म्याग्दी जिल्ला सेक्रेटरी भई काम गरे।

५० को दशककको शुरुआत तिर उनी नेकपा एकताकेन्द्रको पर्वत, बाग्लुङ, स्याङ्जा इन्चार्ज र सेक्रेटरी भई काम गरेका थिए। २०५२ सालमा नेपालमा जनयुद्ध शुरु हुँदा उनलाई अब देश परिवर्तन शसस्त्र क्रान्तिबाटमात्रै सम्भव छ भन्ने लाग्यो। उनी माओवादी जनयुद्धमा सहभागी भए।

उनले २०५७ देखि ५९ सम्म कास्की जिल्ला सेक्रेटरीको जिम्मेवारी पूरा गरे। २०५९ देखि २०६० सम्म उनले पार्टीकै स्याङ्जा जिल्ला इन्चार्जको जिम्मेवारी पनि कुशलतापूर्वक निर्वाह गरे। २०६१ देखि ६२ सम्म उनले पार्टीको मगरात राज्य कार्यालयमा सेक्रेटरी भई काम गरेका थिए। २०६५ देखि उनले आफ्नै गृहजिल्ला पर्वतको पार्टी इन्चार्जको भूमिकामा रहँदै आएका छन्।

२०७० को दोस्रो संविधानसभा निर्वाचनमा उनी नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीसँग पराजित हुन पुगे। अधिकारी हाल नेकपा माओवादी केन्द्र पर्वतको पार्टी इन्चार्जसहित पार्टीको पोलिटब्युरो सदस्य समेत रहेका छन्।

नेकपा माओवादी केन्द्र चार नम्बर प्रदेश संसदीय दलका नेता हरि चुमानको प्रस्ताव र एमालेका प्रदेश सांसद किरण गुरुङको समर्थनमा उनी यस प्रदेश सभाको सभामुखमा निर्विरोध भएका हुन्।

नेकपा एमाले र माओवादी गठबन्धनबाट प्रदेश ४ को सभामुख बनेका नेत्रनाथ अधिकारीले यो राजनीतिक सफलता प्राप्त गर्न ठूलो राजनीतिक त्याग र तपस्या गरेका छन्।

‘देउपुरको जस्तो खेती र पाती बाजुङ्को जस्तो गाम, उराठै लाग्ने दुर्लुङको डाँडो मोहनी लाग्न पाङ्’ भन्ने लोकोक्तिबाट चर्चित गाउँमा २०२२ साल जेठमा बुबा थगराज र आमा देवकला अधिकारीको सन्तानका रुपमा उनी जन्मिएका हुन्।

उनको शपथ पनी मुख्यमन्त्रीसँगै फागुन ४ गते बिहान ९.३० मा हुने प्रदेश प्रमुख सचिव देवी ज्ञवालीले जानकारी दिए।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?