प्रदेश–२ सरकारले हाल्यो संघीय सरकारविरुद्ध सर्वोच्चमा मुद्दा

प्रदेश–२ सरकारले हाल्यो संघीय सरकारविरुद्ध सर्वोच्चमा मुद्दा
+
-

जनकपुरधाम– प्रदेश दुई सरकार र केन्द्र सरकारबीचको विवाद एकपटक फेरि सतहमा आएकाे छ।

वन क्षेत्र अहिले प्रदेश सरकारको मातहतमा रहेकोमा केन्द्र सरकारले सागरनाथ वन योजनालाई आफूखुशी कम्पनीमा रुपान्तरण गरेको भन्दै प्रदेश दुई सरकारले संघीय सरकारविरुद्व मुद्दा दायर गरेको छ।

प्रदेश दुई सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको तर्फबाट संघीय सरकारविरुद्व बिहीबार सर्वाेच्च अदालतमा मुद्दा दायर गरिएको हाे।

संविधान अनुसार प्रदेशको क्षेत्र भित्रको राष्ट्रिय वनको संरक्षण र व्यवस्थापनको सम्पूर्ण जिम्मा प्रदेश सरकारको भएता पनि विना कुनै सल्लाह राष्ट्रिय वनको रूपमा रहेको सागरनाथ वन विकास परियोजनालाई संघीय सरकारले कम्पनीमा रुपान्तरण गरी आफ्नो मातहतमा राख्न खोजेको भन्दै मन्त्रालयले संघीय सरकारविरुद्व मुद्दा दर्ता गरेको प्रदेश दुईका मुख्य न्यायाधिवक्ता दिपेन्द्र झाले बताए।

प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय सिंहदरबार काठमाडौंलाई विपक्षी बनाएर दायर गरिएको मुद्दामा उत्प्रेषण, प्रतिषेध र परमादेशसमेत माग गरिएको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?