सुदूर पश्चिममा डडेलधुराबाहेक अन्यत्र कांग्रेस कमजाेर

+
-

मतगणनाको सुरुवाती परिणाम अनुसार कांग्रेस पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर बहादुर देउवाको गृहप्रदेशमा नेपाली  कांग्रेस निकै कमजोर देखिएको छ। २०७० सालको संविधान सभा निर्वाचनमा कांग्रेसले कञ्चनपुरका ३, कैलालीमा २, डडेलधुरा, बैतडी, डोटी र बझाङमा एउटा क्षेत्र जितेको थियो।

प्रदेश सभातर्फ बाम गठबन्धन अछाम क्षेत्र नम्बर २ ‘ख’, डोटी ‘क’, डडेलधुरा ‘ख’ कैलाली १ को क र ख र कैलाली ५ ख बाहेक अन्य क्षेत्रमा अगाडि छ।

प्रतिनिधिसभातर्फ नेपाली कांग्रेस डडेलधुरामा र राष्ट्रिय जनता पार्टि कैलाली १ मा अगाडि छन्।

प्रदेश नम्बर ७ का १६ प्रतिनिधि सभा सिटमध्य मतपरिणाम घोषणा हुन् बाँकी १२ क्षेत्र मध्य १० मा बाम गठबन्धनले अग्रता लिएको छ। मतपरिणाम घोषणा भएका ४ प्रतिनिधि सभा र ८ प्रदेश सभामा बाम गठबन्धन विजयी भएको छ। पहिलो चरणमा निर्वाचन भएका दार्चुला, बैतडी, बझाङ र बाजुराका प्रतिनिधि सभा र प्रदेश सभामा बाम गठबन्धनले कब्जा गरेको छ।

प्रदेशसभा तर्फ ३२ स्थान रहेको ७ नम्बर प्रदेशमा मत परिणाम घोषणा गर्न बाँकी रहेका २४ मध्य १९ क्षेत्रमा बाम गठबन्धनले अग्रता लिइरहेको छ।

नेपाली  कांग्रेसको बलियो क्षेत्र मानिने कञ्चनपुरका ३ मा प्रतिनिधि सभा र ६ वटै प्रदेश सभामा गठबन्धनले नै अग्रता लिइरहेको छ।

मत गणना सुरु भएदेखिको ट्रेण्ड हेर्दा कांग्रेसको बलियो आधार रहेको कैलाली ५ मा आरजु देउवालाई गठबन्धनका नारदमुनि रानाले आच्छुआच्छु पारेका छन्। रानाले सुरुदेखि नै अग्रता लिएका छन्।

यस्तै कांग्रेस केन्द्रीय सदस्य तथा पूर्व मन्त्री एनपी साउद पनि मतगणनामा पछाडि छन्। कञ्चनपुर २ मा एमालेका नरबहादुर धामीले मतगणना सुरुदेखि नै नेतृत्व गर्दै मतान्तर ३ हजार ५ सयमाथि पुर्‍याएका छन्। कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री रमेश लेखक र एमालेका डा. दीपक भट्टबीच भने कडा प्रतिस्पर्धा देखिएको छ। कञ्चनपुर  ३ मा लेखक र भट्टको मतान्तर निकै कम रहेकाले विजयी को हुने भन्ने अनुमान गर्न कठिन छ।

कञ्चनपुर १ मा भने माओवादी नेतृ बिना मगरले काँग्रेसका दिवानसिंह बिष्टलाई पछि पारेकी छिन्। बिष्ट सुरुवातदेखि पछि परेका छन्।

डोटीबाट बहालबाला यातायात मन्त्री बीर बहादुर बलाएर पनि प्रारम्भिक मत गणनामा कमजोर देखिएका छन्। गठबन्धन उम्मेदवार प्रेम आलेमगरले मतगणनामा सुरुवातदेखि नै अग्रता लिएका छन्।

एमालेका प्रभावशाली नेता भिम रावल र कांग्रेसका भरतकुमार स्वाँरबीच प्रतिस्पर्धा रोचक बन्दै भएको छ। सुरुवाती अग्रता लिएका स्वाँरलाई रावलले पछि पार्दै गएका छन्।

अछामकै अर्को क्षेत्रमा एमालेका यज्ञबहादुर ओली र पुष्प बहादुर शाही बीचको प्रतिस्पर्धा पनि रोचक छ। ओलीले सुरुवातदेखि नै झिनो मतले अग्रता लिदै गएका छन्।

कैलालीका ४ क्षेत्रमा गठबन्धन अगाडि रहँदा क्षेत्र नम्बर १ मा भने अप्रत्यासित नतिजा आएको छ। टिकापुर घटनाको नाइके भनेर प्रहरीको फरार सूचीमा रहेका रेशम चौधरीले बाम गठबन्धन र कांग्रेस उम्मेदवारलाई पछि पारेका छन्। प्रारम्भिक गणनामा गठबन्धनबाट उम्मेदवार रहेकी गरिमा शाह र कांग्रेसकी इश्वरी न्यौपाने चौधरी भन्दा निकै कमजोर देखिएका छन्।

कैलाली २ मा पूर्वमन्त्री किशोर राठोर आफ्ना स्वकीय सचिव झंकरबहादुर रावलसँग पछाडि परेका छन्। एमालेले टिकट नदिएपछि कांग्रेस प्रवेश गरेका राठोर प्रारम्भिक गणनामा पछि परेका छन्।

कैलाली ३ मा कांग्रेस नेता रामजनम चौधरीलाई माओवादी नेता गौरी शंकर चौधरीले उछिन्ने संकेत देखिएको छ। २०४८ साल बाट लगातार सांसद रहेका काँग्रेस नेता चौधरीलाई  प्रभावशाली नेता मानिन्छ। २०६४ मा फोरम बाट समानुपातिक सांसद रहेका चौधरीले २०७० मा  फोरम लोकतान्त्रिकबाट निर्वाचन जितेका थिए।

कैलाली ४ मा मावोवादी केन्द्रका सुदुर पश्चिमका प्रभावशाली नेता लेख राज भट्टले काँग्रेसका पुराना नेता शुनील कुमार भण्डारीलाई पछि पारेका छन्।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?