प्रदेश ६ लाई समृद्ध बनाउने दलहरुको प्रतिबद्धता

प्रदेश ६ लाई समृद्ध बनाउने दलहरुको प्रतिबद्धता
प्रदेश ६ बैठकमा सहभागी सांसदहरु। तस्बिर: डिलप्रसाद शर्ा
+
-

सुर्खेत– प्रदेश नम्बर ६ लाई समृद्ध प्रदेशका रुपमा विकास गर्ने दलहरुले प्रतिबद्धता जनाएका छन्।

आइतवार अस्थायी संसद् भवनमा सम्पन्न भएको पहिलो संसद बैठकलाई सम्बोधन गर्दै नेताहरुले प्रदेशको विकासमा सबै हातेमालो गरेर अगाडि बढ्ने प्रतिवद्धता जनाए।

विभिन्न राजनीतिक दलबाट प्रतिनिधित्व गर्दै उनीहरुले प्रदेशमा अशिक्षा, गरिबीजस्ता साझा समस्यालाई समाधान गर्न जनताले दिएको जिम्मेवारी पूरा गर्ने प्रतिवद्धता जनाएका हुन्।

बैठकलाई सम्बोधन गर्दै एमाले नेता यामलाल कँडेलले ६ नम्बर प्रदेशलाई समृद्धि र विकासित प्रदेशका रुपमा स्थापित गर्ने जिम्मेवारी जनताले सुम्पेको भन्दै समान दृष्टिकोणले दलहरुबीचको सहमति आवश्यक रहेको बताए।

विभिन्न समस्याले जेलिएको यस प्रदेशलाई समृद्ध बनाउनु सबैको साझा एजेण्डा भएकाले केन्द्रीय सरकारसँग स्थायी प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने बताए।

‘सडक सञ्जाल दुई जिल्ला छोएको छैन, हवाई क्षेत्रले नछोएको प्रदेश हो त ६ नम्बर प्रदेश हो। जीवनजल नपाउँदा जीवन गुमाउनुपर्ने समस्या यसै प्रदेशमा छन्,’ उनले भने, ‘त्यो धरातललाई एकछिन पनि बिर्सिए हाम्रो दायित्व पूरा हुन्छ जस्तो लाग्दैन।’

यस्ता समस्याका बीच समुन्नत प्रदेश बनाउने अभिभारा जनताले सुम्पेको भन्दै उनले अन्य प्रदेशले प्राप्त नगरेको साधन स्रोत ६ नम्बर प्रदेशमा रहेको बताए। पर्यटन, जलस्रोत, जडिवुटी, कृषिजस्ता प्रदेश सृमद्धिका आधारको विकास गरी अन्य प्रदेशसँग प्रतिपष्र्धा गर्नुपर्ने चुनौती यस प्रदेशमा रहेको बताए।

बैठकमा माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाहीले जनयुद्ध र जनाआन्दोलनबाट समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए। आन्दोलनबाटै ६ नम्बर प्रदेश प्राप्त भएको भन्दै उनले संविधान कार्यान्वयनसँगै विकास निर्माण र आर्थिक समृद्धितर्फ केन्द्रित हुनुपर्ने बताए। रोग भोगबाट ग्रसित र विकास निर्माणबाट पछि परेको यो प्रदेशमा प्राकृतिक साधान स्रोतको थुप्रै सम्भावनाहरु हरेको बताए। ‘प्राकितक रुपमा हामी धनी छौं।’ उनले भने, ४० जनाको काँधमा नयाँ जिम्मेवारी आएको छ। विकट प्रदेशलाई विकास गर्ने सामुहिक एजेण्डामा एकै ठिक्का भएर सबै अगाडी बढ्नुपर्छ।’ प्रदेशमा रहेका प्राकृतिका सोत साधानको उचित प्रयोग गरी प्रदेशको विकास गर्न तर्फ सबै लाग्नुपर्ने बताए।

नेपाली कांग्रेसका नेता जीवनबहादुर शाहीले सबैभन्दा कान्छो प्रदेशका रुपमा ६ नम्बर प्रदेश रहेको भन्दै सृमद्ध प्रदेश बनाउनु सबैको दायित्व रहेको बताए।

स्वास्थ्य, शिक्षा र विकासमा पछाडि परेको प्रदेशलाई समृद्ध बनाउन नसक्ने नेतृत्वको कमजोरीका कारण भुलभुलैयामा रहेको बताए।

६ नम्बरप्रतिको केन्द्रीय सरकारको दृष्टिकोण नफेरिएको भन्दै उनले पक्ष र विपक्ष नभनी नमूना प्रदेश बनाउनतर्फ लाग्नुपर्ने बताए।

यस प्रदेशमा थुप्रै सम्भावनाहरु रहेको भन्दै उनले सबै एकजुट भएर अगाडि बढ्नुपर्ने बताए। यस्तै, राप्रपाका नेत्री शोसिला शाहीले जनताले अनुभुत हुनेगरी प्रदेशमा विकास गर्नतर्फ नेतृत्व लाग्नुपर्ने बताइन्।

माघ २९ गते प्रदेश सभामुख चुनाव हुने
आइतबार सम्पन्न प्रदेश ६ को पहिलो संसद बैठकले एजेण्डाहरु माथि छलफल गरेको छ। जेष्ठ सदस्य हिमबहादुर शाहीको अध्यक्षतामा बसेको बैठकले सबै एजेण्डाहरु सर्बसम्मत पारित गरेको हो।

बैठकले प्रदेश सरकार सञ्चालनका लागि ‘प्रदेशसभा सञ्चालन अन्तरिम कार्यविधि–२०७४’ पनि पारित गरेको छ।

यस्तै सभामुख चयनको मितिलगायतका एजेण्डाहरु सर्वसम्मत पारित गरेको हो। बैठकबाट सभामुख चयनका लागि माघ २९ गतेका लागि प्रस्ताव गरिएको मिति समेत पारित भएको छ। अब २९ गते बस्ने दोस्रो बैठकमा सभामुख चयनको प्रक्रिया सुरु हुने छ।

बैठकमा नेकपा एमाले, माओवादी केन्द्र, नेपाली कांग्रेस र राप्रपा बाट ४० जना प्रदेश सभा सदस्यहरुको उपस्थिति थियो।

साथै सोही बैठकबाट पारित कार्यविधिअनुसार आगमी माघ २९ गते प्रदेशसभाको दोस्रो बैठक आह्वान गरेका छन्। बैठक पश्चात संसद् सचिवालयका सचिव कृष्णहरी खड्काले सूचना प्रकाशन गरी बैठक आह्वान गरिएको बताए। उक्त बैठकबाट सभामुख चयनको प्रक्रिया अगाडि बढ्नेछ।

प्रदेश ६ बैठक सञ्चालन हुँदै। तस्बिर: डिलप्रसाद शर्मा

 

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?