विराटनगरमा धमाधम बन्दै छ सभाहल

विराटनगरमा धमाधम बन्दै छ सभाहल
+
-

विराटनगर- प्रदेश नम्बर एकको पहिलो प्रदेशसभा बैठकका लागि विराटनगरमा सभाहल तयार गर्ने क्रम जोडतोडले चलिरहेको छ।

देवकोटा चौकस्थित जिल्ला समन्वय समितिको भवन अन्तर्गत भुइँतल्लामा अवस्थित हललाई सभाहलको रुपमा तयार गरिरहेको मोरङ जिल्ला प्रशासन प्रमुख रामप्रसाद आचार्यले जानकारी दिए। सोमबार बस्ने पहिलो बैठकका लागि सुरक्षा अवस्थालाई प्राथमिकतामा राखिएको जनाउँदै प्रमुख आचार्यले बैठक हल सिंगार्ने कार्य जारी रहेको बताए।

नयाँ संरचना र कुर्सीको हिसाबले ठक हलभित्र १ सय ३५ जना अट्ने क्षमता छ। त्यसैगरी सभामुख बस्ने कुर्सीतर्फ रेलिङले घेरिएको छ भने प्रदेश सभा सदस्यहरुले भनाइ राख्नका लागि रोष्टममै पुग्नुपर्नेछ। सभासदस्य बस्ने कुर्सीमा माइकको तत्काल व्यवस्था नभएकाले आफनो कुरा राख्न रोष्टम पुग्नुपर्ने प्रमुख आचार्यले जानकारी दिए।

हलमा सातवटा भन्दा बढि एसी जडान गरिएको छ भने भुइँमा निलो रंगको कार्पेट बिच्छाइएको छ।

अर्को एक प्रसंगमा प्रशासन प्रमुख आचार्यले प्रदेशको बैठकका लागि मर्यादापालकलाई ड्रेस कोडको व्यवस्था गरिएको जानकारी दिए। उनले भने, ‘पुरुष मर्यदापालकले सेतो दौरासुरुवाल, कालो कोट र टोपी त्यसैगरी, महिला मर्यादापालकले रातो धार भएको सेतो साडी, कलेजी रङको चोलो र कालो कोट लगाउनेछन्।’ प्रदेशसभामा कुल २४ जना मर्यादापालक रहनेछन् । ९३ जना प्रदेशसभा सदस्य रहेको प्रदेश नम्बर एक प्रदेशसभा बैठकको सभामुखको जिम्मेवारी ७४ वर्षिय ओमप्रकाश सरावगीले गर्नेछन्।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?