प्रदेश ७ को संसद चलाउन काठमाडौँबाट पुगे अनुभवी कर्मचारी

प्रदेश ७ को संसद चलाउन काठमाडौँबाट पुगे अनुभवी कर्मचारी
+
-

धनगढी- स्थानीय स्तरमा प्रदेश संसद चलाउन अनुभवी कर्मचारी नभएपछि केन्द्रीय संसद सचिवालय काठमाडौका कर्मचारीहरु धनगढी आइपुगेका छन्।

माघ २१ गते बस्ने प्रदेश ७ को पहिलो प्रदेश सभाको बैठक संचालनका लागि उपसचिव मुरारी महतको नेतृत्वमा चार जना अनुभवी कर्मचारीहरुको टोली बुधवार धनगढी आईपुगेको कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिए।

उप सचिव महतको नेतृत्वमा अर्का उपसचिव झलक सापकोटा र प्राबिधिकहरु जगदिस न्यौपाने र श्रीधर गेलाल प्रदेश ७ को संसद चलाउनका लागि धनगढी आएका हुन्।

‘जिल्लामा संसद चलाउन जानेका अनुभवी कर्मचारी छैनन, पहिलो पटक बस्न लागेको ऐतिहासिक प्रदेश संसदको बैठकका लागि केन्द्रीय संसद सचिवालयबाट बुधवार मात्रै टोली आईपुगेको छ’ प्रमुख जिल्ला अधिकारी रिजालले भने।

प्रदेश संसद सचिवालयका लागि २७ जना कर्मचारी आवश्यक पर्ने र सोहि अनुसार व्यवस्थापन गरिदिन आफुहरुले पत्राचार गरेको उनले बताए। तर चार जना मात्रै कर्मचारी खटाईएपछि कामकाजमा समस्या हुन सक्ने बताईएको छ।

‘हामीले २७ जना कर्मचारीको व्यवस्थापन मिलाउन सिफारीस लेखी पठाएका थियो तर ४ जना कर्मचारीहरु मात्रै खटाईएको छ’ अब उहाँहरुले जिल्लामा उपलब्ध अन्य कर्मचारीहरुलाई काजमा झिकाएर तालिम दिने र उनिहरुले नै संसद सचिवालयको कामकाज गर्ने प्रमुख जिल्ला अधिकारीले रिजालले जानकारी दिए।

यस्तै संसद भवनको पुर्ननिमार्णको काम पनि तिब्र गतिमा भईरहेको छ। हालसम्म ५० प्रतिसत काम सम्पन्न भईसकेको र २० गते नै सम्पुर्ण काम पुरा भईसक्ने शहरी विकास कार्यालयले जनाएको छ। संसद भवनको सुरक्षाका लागि प्रहरी खटन पटन र मर्यादापालकको व्यवस्थापन मिलाउने कार्य पनि भईरहेको प्रमुख जिल्ला अधिकारीले जानकारी दिए।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?