शहीद दिवसमा एस.पी आसाले ल्‍याए ऐतिहासिक खण्‍डकाव्‍य ‘गंगालाल’

+
-

काठमाडौं- माघको चिसो मौसम, हलमा एक एक गर्दै खचाखच भरिदै थिए मानिसहरु। भित्तामा लेखिएको थियो, ऐतिहासिक उपन्‍यासकार एसपी आसा एवं प्रतिष्ठानद्वारा ऐतिहासिक खण्ड काव्‍य ‘गंगालाल’को विमोचन कार्यक्रम। एक छिनपछि कार्यक्रम सुरु भयो। सभापतिको आसन ग्रहण, ब्‍याच वितरण, मौन धारण र स्वागत मन्तव्‍य। त्यसपछि त्‍यही क्षण जुन क्षणका लागि सबै विद्वत् वर्ग हलमा उपस्थित भइसकेका थिए।

उताबाट आवाज उद्घोष भयो, ‘अब यो ऐतिहासिक उपन्‍यास विमोचन गरिदिन हुनको लागि अनुरोध गर्दछु।’ त्‍यसपछि समारोहमा उपस्थित साहित्‍यकार रमेश खकुरेल, प्रोफेसर सुरेन्द्रसिंह थापा, भुवनहरि सिग्देल, इतिहासविद् दिनेशराज पन्त, कोषराज पन्तलगायतले विमोचन गंगालालको विमोचन गरे।

कार्यक्रममा बोल्दै पाटन संयुक्त क्याम्पसका प्राध्‍यापक सुरेन्द्र सिंह थापाले अमर शहीद ‘गंगालाल’ नाम एउटा आफैमा ऐतिहासिक भएको बताए। उनले एसी आसाले नयाँ पुस्ताका लागि कृतिमार्फत त्‍यतिबेलाको परिवेशलाई जस्ताको त्‍यस्तै उतारेको बताए। उनले भने, ‘उहाँलाई मैले ऐतिहासिक उपन्‍यासकार भनेर चिनेको थिए। तर सहीदको कवितामार्फत बोलि दिनुभयो। साहित्‍यको जगमा एउटा इटा थपेकिएको छ। ‘ उनले यही विषयमा आफ्ना विद्यार्थीलाई शोध पत्र लेख्‍न लगाउने आफू निधो गरेको प्रतिवद्धता व्‍यक्त गरे।

अर्का साहित्‍यकार भुवनहरि सिग्देलले राजा महेन्दरको ऐतिहासिक कुरा लेख्‍ने उपन्‍यासकारले शहीदको गाथालाई कवितामार्फत ल्‍याएकोमा खुसी लागेको बताए। उनले भने,’ नेपालीको वीर गंगाको जलजस्तो पवित्र गंगालाललाई एसपी आसाल् कवितामा न्‍याय गर्नुभयो।’

यस्तै साहित्‍यकार कोषराज न्‍यौपानेले खासमा चार शहीदमध्‍ये गंगालाल पहिलो तर वीरता, दृढ संकल्पित भएको बताए। उनले भने ‘ चार शहीदमध्‍ये सबैभन्दा वीर र आँटी गंगालाल थिए। उनले देशको निम्ति बलिदानी दिँदा नर शमशेरले दुई गोली ठोक्‍नु परेको थियो। पहिलो गोली त गंगालालाई लागेकै थिएन।’ उनले गंगा जलको थोपा हो भन्‍दै कसैले निभाउन नसकेकाले उनी आज अमर भएको बताए।

त्‍यपछि कवि प्रफाद पोखरेल, कवियत्री बुनु लामिछाने, झ्‍याउरे कवि श्‍यामबहादुर भावुक, नारायणी पौडेलले एसपी आशाद्वारा गंगालालबारे लेखेको कविता वाचन गरेर सुनाए।

गंगा हो जलको थोपा कसरी निभ्न सक्छ खै ?
धन्‍य के आट हो कस्तो ? यो शुरो कसरी भयो ?

यस्तो शक्ति कताबाट आयो, त्‍यो कसले दियो ?

सारा यी नेपालबासीका मनका यी सबैकुरा
बोल्‍ने भयो यही एक गुम्सिएका मनका कुरा

सबैको साथ पाएमा यो गंगा पनि बाँच्दछ
सबैका मनका तहमा विश्‍व बस्दछ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?