प्रदेश ७ को मुख्यमन्त्रीमा पहाडको दावी

प्रदेश ७ को मुख्यमन्त्रीमा पहाडको दावी
+
-

धनगढी- सरकारले प्रदेश नम्बर ७ को राजधानी तराई (धनगढी) मा तोकेपछि मुख्यमन्त्री पहाडले पाउनु पर्ने माग गरेका छन्।

आइतबार वामपन्थी कार्यदलले प्रदेश ७ को मुख्यमन्त्री माओवादी केन्द्रलाई दिने निर्णय गरेको भोलिपल्टै तराई-पहाडको सन्तुलन मिलाउनका लागि भएपनि मुख्यमन्त्री पहाडले पाउनुपर्ने माग गरका हुन्।

माओवादीभित्र प्रदेशको अस्थाई राजधानी र प्रदेश प्रमुख तराईको जिल्लाले पाएकोले भेगीय सन्तुलन मिलाउन मुख्यमन्त्री पहाडले पाउनुपर्ने आवाज पार्टीका नेताहरुले उठाएका हुन्।

माओवादीको भागमा मुख्यमन्त्री परेपछि बीरमान चौधरी र झपट सिंह बोहरालाई सम्भावित मुख्यमन्त्रीका रुपमा हेरिएको छ। तर पहाडले मुख्यमन्त्री पाउने अवस्था आए यी दुबै नेता मुख्यमन्त्रीबाट आउट हुनेछन।

बोहरा अछामबाट निर्वाचित भए पनि उनको बसाई लामो समयदेखी धनगढीमा भएकोले पहाडको लागि उनि अमान्य हुन सक्‍ने बताइएको छ। निर्वाचनका बेला बाम गठबन्धनले आफ्ना सरकार बने पहिलो मुख्यमन्त्री थारु समुदायलाई दिने प्रचार गरेकोले विरमान चौधरीको संभावना भने कम भएको छैन।

पहाडले मुख्यमन्त्री पाउनुपर्ने कुरा उठेपछि माओवादीबाट बिजयी अछामका अक्कल रावल, डोटीका त्रिलोचन भट्ट र दार्चुलाका मानबहादुर धामीले दावी गरिरहेका छन्।
रावलले आफ्नो मुख्यमन्त्रीमा दावेदारी रहेको भन्दै धनगढीमै पत्रकार सम्मेलन पनि गरेका थिए।

पहाडले मुख्यमन्त्री पाउनुपर्ने आवाज पार्टीभित्र उठेपनि यस बिषयमा कुनै टुङगो भने लागि नसकेको माओवादी केन्द्रका प्रदेश ईन्चार्ज लेखराज भट्टले बताए।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?