खोज्दैछ पथ मृत्युमाथि विजय र संजीवनी !

खोज्दैछ पथ मृत्युमाथि विजय र संजीवनी !
+
-

हुँदैछ बन्द
बतासको बेग र
तिम्रो नि:श्वास !

उड्दैछ फुङ्ग
डाँडाको रङ्ग -श्वास
तिम्रो अस्तित्व ।

फुट्दैछ प्याट्ट
भान्साको सिसा-स्वप्न
हातको चुरा !

ब्यूझन्‍न श्वान
सुतेको देश ,आँखा
र कुम्भकर्ण !

रुँदैछन् .धरा
आकाश र विश्वास
दिव्य लोचन !

देख्दैछु खोट
तिम्रो नियत, यात्रा
र आश्वासन !

मर्दैछ पल
सन्की मान्छे, स्वप्न र
निश्काम कर्म !

सुक्दैछ बोट
हिमश्रृंखला -मूल
र त्यो साहस !

अडिन्छ टक्क
घडीको सुइ -यात्रा,
गीतको धुन ।

ढाक्दैछ झट्ट
अहंकारी तुवालो
दम्भी बादल !

खोज्दैछ पथ
मृत्युमाथि विजय
र संजीवनी !

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?