कारागारमा सम्बन्धपछि व्‍यवसायी पौडेल हत्यामा सँगै

+
-

काठमाडाै‌- रुपन्देही देवदहका व्‍यावसायी वसन्त पाैडेलकाे हत्यामा स‌लग्न सुटरसहित दुइ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा नवलपरासीका पदम चाैधरी र सुनसरीका महिनारायण चाैधरी छन्। माेटरसाइकलमा अाएका दुइ जनाले दुई साताअघि अाफ्नै घर अगाडि काठ व्‍यावसायी पाैडेलकाे गाेली हानी हत्या गरेका थिए।

घटनाकाे अनुसन्धान गरिरहेकाे केन्द्रीय अनुसन्धान ब्युराेले घटनाकाे मुख्य याेजनाकार मनाेज पुन नै रहेकाे निष्कर्श निकालेकाे छ। घटनाकाे जिम्मेवारी तत्कालै मनाेज पुनले लिएका थिए।

पक्राउ परेकामध्ये ३६ वर्षिय महिनारायण गाेली प्रहार गर्दा माेटरसाइकल चालक रहेकाे प्रहरीकाे दाबी छ। बाइक राेकेर सुरुमा महिनारायणले पेस्ताेल देखाएका थिए भने उनी पछाडि बसेकाले गाेली प्रहार गरेका थिए।

गाेली प्रहार गर्नेकाे नाममा प्रहरीले गाेप्य राखेकाे छ। विभिन्‍न अपराधमा पटक पटक जेल परेका महिनारायण गत जेठमा मात्र पाल्पा कारागारबाट छुटेका थिए। साेही कारागारबाट गत चैतमा पदम छुटेका थिए। कारागारमा बनेकाे सम्बन्धलाइ पदमले अर्काे अपराधमा प्रयाेग गरे। मनाेज पुनले पदमलाइ सम्पर्क गरेपछि पदमले महिनारायणलाइ खाेजेका थिए।

प्रारम्भिक अनुसन्धानमा पदमले बाइक र हतियार ब्यवस्थापन गर्ने, ब्यवशायी पाैडेलकाे रेकी गर्ने ,बाटाे देखाउने काम गरेका थिए। उनीहरुले दाेस्राे प्रयाशमा पाैडेलकाे हत्या गरेकाे पनि खुलेकाे छ। ठाउँ नमिलेपछि पहिलाे प्रयाश असफल भएकाे थियाे। करिब दुइ महिनाकाे तयारीपछी पाैडेलकाे हत्या भएकाे खुलेकाे छ।

पक्राउ परेकामध्ये महिनारायणले अाफुले हत्याका लागि तीन लाख ५० हजार रुपैयाँकाे डिल गरेपनि दुइ लाख ३० हजार रुपैयाँ मात्र लिएकाे बताएका छन्। पदमले भने अाफुले पैसा लिन नभ्याएकाे बताएका छन्। उनले कतिकाे डिल गरेका थिए भन्‍नेबारे केही खुलेकाे छैन। पाैडेललाइ गाेली प्रहार गर्नेलाइ दुवैले नचिनेकाे बताइएकाे छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?