अ
+
अ
अ
-
पोखरा- मनाङबाट एमालेको समर्थनमा प्रदेश सभामा विजयी भएका दीपक मनाङे भनिने राजीव गुरुङ सपथ लिन गएनन्। पक्राउ पर्ने डरले मनाङे सफत लिन नगएको बुझिएको छ।
कास्की प्रहरी प्रमुख अशोक सिंहले प्रहरी प्रधान कार्यालयबाट राजीव गुरुङलाई प्रकाउ गर्न परिपत्र आएको बताए। उनले भने, ‘हेडक्वार्टरको आदेश बमोजिम उनलाई प्रहरीले देख्ने बित्तिकै प्रकाउ गर्नेछ।
सर्वाच्च अदालतले पुनरावेदन अदालतको फैसलालाई गत मंगलबार सदर गरे पछि मनाङेलाई पक्राउ गर्न प्रहरी सक्रिय भएको हो।
यस्तै नेकपा एमालेबाट तनहुँबाट प्रदेश सभामा निर्वाचित भएका राम बहादुर गुरुङले पनि आईतबार सपथ लिएनन्। उनि देश बाहिर रहेकाले सफत ग्रहण कार्यक्रममा अनुपस्थित रहेको बताईएको छ।
सम्बन्धित समाचारहरु…