किन भेटिन्छ? तरुलको खाल्डोमा न्यायको अस्तु !

किन भेटिन्छ? तरुलको खाल्डोमा न्यायको अस्तु !
+
-

साहसी बिम्ब
इलाम उक्लेपछि
हठात स्तब्ध !

किन मर्दैछ ?
घाम-छायाँ सर्कार
या सतिसाल !

एउटा मृत्यु
रक्तबीज बनेर
सहस्र जन्म !

किन भेटिन्छ?
तरुलको खाल्डोमा
न्यायको अस्तु !

अामा र माटो
तरुल खन्दा सम्झ
प्रस्तर ‘पृथ्वी’ ।

अाँशुको दह
पानी बिनै बनेछ-
पैाडन्छ पापी !

दिल्लीको दुलो
मुसाको गर्भस्थल
देश भकारी !

मुस्ताङ चडी
मुसाको चट्नी चाख्दै
दुग्धस्थानमा !

भाले च्यापेर
सत्ताका ‘ज्वाइँ’हरु
सखारै हिँडे ।

भाडाका मान्छे
सुनको भाँडा बोकी
गरे भाँड्भैलो !

वाकपटुता?
थिल्थिलो बनाउँछन्
उखानहरु !

झीर खोजेको
फुटाउन यी जाली
बैरो भएछु !

तुक्का र मुक्का
घुम्दैछ गनतन्त्र
रक्तिम गाला !

‘ओलीदंश’मा
फैलिन्छ-महामारी
‘उखान- अैालो’ !

-माघेसंक्रान्ति,हात्तीवन

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?