- अर्ली इलेक्सन रोकिएपछि फिफाले कारबाही गर्ने संकेत दिंदै एएफसीसँग छलफल गरेको छ।
- फिफा प्रतिबन्ध लगाउँदा नेपाली फुटबल प्रतियोगितामा खेल गतिविधि शून्य अवस्थामा पुग्नेछन।
- दक्षिण एशियामा फिफाले यसअघि भारत, पाकिस्तान, श्रीलंका लगायतका देशहरूलाई पनि प्रतिबन्ध गरेको थियो।
माेरङ – राष्ट्रिय खेलकुद परिषद्ले निलम्बन गरेसँगै अर्ली इलेक्सन रोकिएको अखिल नेपाल फुटबल संघलाई फुटबलको सर्वोच्च निकाय फिफाले कारबाही गर्ने संकेत देखिएको छ।
एन्फाका एक उच्च पदाधिकारीका अनुसार अर्ली इलेक्सन रोकिएपछि असन्तुष्ट देखिएको फिफाले कारबाहीको विषयमा एएफसीलगायतसँग छलफल गरेको छ। ती पदाधिकारीका अनुसार केही दिनमा फिफाले कारबाही गर्ने वा कसरी अघि बढ्ने भन्ने निक्र्यौल गर्नेछ।
जसअनुसार नेपाली फुटबललाई प्रतिबन्ध हुने सम्भावना रहेको छ। नेपाली राष्ट्रिय फुटबल टोलीले मंगलबार एएफसी एशियन कप छनौट अन्तर्गत समूह चरणको अन्तिम खेलमा लाओसको घरेलु मैदानमा लाओसको सामना गरिरहेको छ।
एन्फाका पदाधिकारीका अनुसार सोही खेलपछि फिफाले नेपाली फुटबललाई कार्वाही गर्ने संकेत आएको छ। प्रतिबन्धको अवस्था आए फिफा धुन बजाएर खेलिने सबैप्रकारका फुटबल प्रतियोगिता रोकिनेछन। त्यसैगरि, फुटबलका सबै गतिविधि शून्य अवस्थामा पुग्ने ती पदाधिकारीको भनाइ छ।
फिफाले प्रतिबन्ध लगाएको खण्डमा हाल चलिरहेका फुटबल प्रतियोगिता सबै रोकिनेछन्।दक्षिण एशियामा फिफाले यसअघि, भारत, पाकिस्तान, श्रीलंका, इण्डोनेशिया, थाइल्याण्ड लगायतका राष्ट्रलाई समेत प्रतिबन्ध गरेको छ। श्रीलंकामा सरकारले फिफा एएफसीको म्याण्डेट अनुसार निर्वाचन जबरजस्तीरुपमा गराउँदा सन् २०२३ मा करिब ७ महिनाको प्रतिबन्ध गरेको थियो।
भारतलाई भने सन् २०२२ मा छोटोसमयका लागि फिफाले कार्वाही गर्दै प्रतिबन्ध गरेको थियो। त्यसैगरि, फिफाले पाकिस्तानमाथि सन् २०१७, सन् २०२१ र सन् २०२५ मार्चमा गरि तीनपटक प्रतिबन्ध लगाएको थियो।