अ
+
अ
अ
-
काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टीका समर्थकबाट आफू र आफ्नो परिवारलाई ज्यान मार्ने धम्की आएको भन्दै साइबर ब्यूरोमा उजूरी दिएका छन्।
साम्पाङले सुनिता खड्का नामकी एक महिलाले सामाजिक सञ्जाल टिकटक र फेसबुकको प्रयोग गरी आफू र आफ्नो परिवारलाई ज्यान मार्ने र घर जलाउने धम्की दिएको भन्दै सोमबार साइबर ब्यूरोमा उजूरी दिएका हुन्।
आफूलाई धम्की दिने महिलालाई कानुनअनुसार हदैसम्मको कारबाही गर्न उनले माग गरेका छन्।
उनले साइबर ब्यूरोमा दिएको उजुरी फेसबुकमा पोस्ट गर्दै लेखेका छन्,’कारबाही गर्छ कि गर्दैन त आफ्नो समर्थकलाई सरकारले??’
