अ
+
अ
अ
-
काठमाडौँ – सर्वोच्च अदालतले पूर्वगृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश जारी गरेको छ।
सोमबार न्यायाधीश कुमार रेग्मीको इजलासले पूर्वगृहमन्त्री लेखकलाई पक्राउ गर्नुको कारण पेश गर्न सरकारको नाममा आदेश जारी गरेको हो।
लेखककी श्रीमती यशोदा लेखकले आफ्ना श्रीमान्लाई गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर गरेकी थिइन्।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री लेखकलाई प्रहरीले शनिबार बिहान पक्राउ गरेको थियो।
ओलीको बन्दी प्रत्यक्षीकरण रिटमा भने आदेश आइसकेको छैन।