प्रधानमन्त्रीले गरे कोशी प्रदेशका सांसदहरूसँग क्षेत्रगत समस्याबारे छलफल

प्रधानमन्त्रीले गरे कोशी प्रदेशका सांसदहरूसँग क्षेत्रगत समस्याबारे छलफल
+
-

काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र शाहले नागरिकले भोग्नुपरेका समस्या, सुशासन र सेवा प्रवाहको विषयमा कोशी प्रदेशबाट निर्वाचित संघीय सांसदहरुसँग छलफल गरेका छन्।

प्रदेशमा रहेका तत्कालीन र दीर्घकालीन रुपमा समाधान गर्न सक्ने समस्याको बारेमा बुझ्न प्रधानमन्त्री शाहले सोमबार सिंहदरबारमा सबै दलका सांसदहरुसँग छलफल गरेका हुन्।

छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणी न्यौपानेले कोशी प्रदेशका सांसदहरुले प्रदेशको समग्र तथा निर्वाचन क्षेत्रगत समस्याबारे प्रधानमन्त्रीसमक्ष जानकारी गराएको बताए।

उनका अनुसार प्रधानमन्त्री शाहले तत्काल समाधान गर्न सकिने तथा प्राथमिकतामा राख्नुपर्ने समस्याबारे सांसदहरूसँग जिज्ञासा राखेका थिए। छलफलमा सांसदहरुले आ–आफ्ना क्षेत्रका समस्या र समाधानका सम्भावित उपायबारे प्रधानमन्त्रीलाई जानकारी गराइएको सांसद न्यौपानेले जानकारी दिए।

प्रधानमन्त्रीले सीमित बजेटका कारण प्राथमिकताको आधारमा समस्या समाधान अघि बढ्ने बताएको उनको भनाइ छ।

रास्वपाकै सांसद इन्दिरा राना मगरले प्रधानमन्त्रीले प्रदेशगत रुपमा निर्वाचन क्षेत्रका तत्कालिन समस्याको बारेमा ब्रिफिङ लिएको जानकारी गराइन्।

उनले आफूले झापा–२ मा रहेको पुल निर्माण, सिंचाइ तथा तटबन्धलगायतका विकास निर्माणको समस्याबारे प्रधानमन्त्रीलाई जानकारी गराएको बताइन्।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?