प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक, अपराह्न ४ बजे सिंहदरबारमा बस्ने

प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक, अपराह्न ४ बजे सिंहदरबारमा बस्ने
मन्त्रिपरिषद् बैठक
+
-

काठमाडौं- प्रधानमन्त्री बालेन (बालेन्द्र) शाहले आज सोमबार अपराह्न ४ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने तय भएको छ।

नयाँ सरकार गठन भई कार्यभार सम्हालेको केही दिनभित्रै प्रधानमन्त्री शाहले सरकारका कामकारबाहीलाई तीव्रता दिन यो बैठक बोलाएका हुन्। बैठकका एजेण्डाहरू औपचारिक रूपमा सार्वजनिक नगरिए पनि प्रशासनिक सुधार, सुशासन र नागरिक सेवा प्रवाहका मुख्य विषयहरूमा छलफल हुने सम्भावना रहेको स्रोतले जनाएको छ।

​प्रधानमन्त्री शाहले बैठकअघि हिजो (आइतबार) विभिन्न मन्त्रीहरूसँग छुट्टाछुट्टै र सामूहिक छलफल गरेका थिए। हिजोको छलफलमा उनले मन्त्रालयका विद्यमान समस्या, आगामी कार्ययोजना र बजेट कार्यान्वयनको अवस्थाबारे जानकारी लिएका थिए। मन्त्रीहरूसँगको सोही परामर्शका आधारमा आजको बैठकमा केही महत्वपूर्ण नीतिगत निर्णयहरू हुन सक्ने अपेक्षा गरिएको छ।

​विशेषगरी ‘जेन–जी’ आन्दोलनपछिको परिस्थिति, सार्वजनिक सेवाको सरलीकरण र देशको पछिल्लो आर्थिक अवस्थाबारे आजको मन्त्रिपरिषद्मा छलफल हुने बताइएको छ। प्रधानमन्त्री नियुक्त भएलगत्तै एक्सनमा उत्रिएका शाहले मन्त्रीहरूलाई परिणाममुखी काम गर्न निर्देशन दिँदै आएका छन्।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?