अ
+
अ
अ
-
काठमाडौँ- पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको ओलीको रिहाईको माग गर्दै एमालेका नेता तथा कार्यकर्ताहरूले आज जिल्ला प्रशासन कार्यालय काठमाडौँमा ज्ञापन-पत्र बुझाएका छन्।
जेनजी आन्दोलनका क्रममा दमन गरेको भन्दै पक्राउ परेका तत्कालीन प्रधानमन्त्री ओलीलाई प्रतिशोध साध्न पक्राउ गरिएको भन्दै उनीहरूले आज देशभरका जिल्ला प्रशासन कार्यालयमा ज्ञापन-पत्र बुझाउने तयारी गरेका छन्। यसै क्रममा केही कार्यकर्ता जिप्रका काठमाडौँ पुगेर बुझाएका हुन्।
गौरिबहादुर कार्कीको नेतृत्वमा बनेको कार्की आयोगको सिफारिमा शनिबार बिहान तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री एवम् कांग्रेस नेता रमेश लेखकलाई पक्राउ गरिएको छ।
आज पूर्वऊर्जामन्त्री एवम् कांग्रेस नेता दीपक खड्का पनि पक्राउ परेका छन्।
तस्बिरहरू:
