देउवा परिवारमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान

देउवा परिवारमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान
फाइल तस्बिर ।
+
-
देशसञ्चार AI सारांश
  • पूर्वऊर्जामन्त्री दीपक खड्का धनशोधन मुद्दामा आइतबार पक्राउ परेपछि देउवा परिवारमाथि पनि अनुसन्धानको सम्भावना बढेको छ।
  • गृहमन्त्रीले खड्कालाई उनका घरबाट बरामद भएको रकमको अनुसन्धानका लागि सिआइबीले सोमबार बिहान पक्राउ गरेको पुष्टि गरे।
  • जेनजी आन्दोलनमा देउवा निवासबाट पैसा जलेको विषयमा सम्पत्ति शुद्धीकरण विभागले पहिलेदेखि नै अनुसन्धान गरिरहेको छ।

काठमाडौँ- पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको परिवारमाथि सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान भइरहेको छ। आइतबार बिहान देउवाका विश्वास पात्र पूर्वऊर्जामन्त्री दीपक खड्का सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेपछि देउवा परिवारसमेत यस मुद्धा तानिने सम्भावना बढेको छ।

गृहमन्त्री सुधन गुरुङले खड्कालाई जेनजी आन्दोलनमा उनको घरबाट बरामद भएको रकमको अनुसन्धान गर्नका लागि पक्राउ गरेको जानकारी गराएका थिए। प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी)ले खड्कालाई सोमबार बिहान उनी बस्दै आएको अपार्टमेन्टबाट पक्राउ गरेको थियो।

खड्का पक्राउ परेसँगै देउवा परिवार पनि यस मुद्दामा तानिने सम्भावना छ। प्रहरीले स्रोतले उनीहरूमाथि अनुसन्धान भइरहेको जानकारी दियो।

सम्पत्ति शुद्धीकरण विभागले जनेजी आन्दोलनमा देउवा निवास बुढानीलकण्ठमा पैसा जलेको विषयमा यसअघिदेखिनै अनुसन्धान गरिरहेको छ। ‘उहाँ (देउवा) निवासमा भेटिएको पैसाका विषयमा हामीले पहिलेदेखि नै अनुसन्धान गरिरहेका छौँ’, विभागका सूचना अधिकारी जितेन्द्र अधिकारीले भने।

भदौ २४ को जेनजी आन्दोलनका दिन बुढानीलकण्ठस्थित देउवा र खड्काको निवासमा आगजनी भएको थियो। त्यस समयमा घरमा केही पैसा फेला परेको भिडियोहरू सार्वजनिक भएको थियो।

त्यसविषयमा यसअघि नै सम्पत्ति शुद्धीकरण विभाग र प्रहरी अधिकारीले अनुसन्धान सुरु गरिसकेका थिए। शुक्रबार रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वमा नयाँ सरकार बनेपछि २०४८ साल यताका नेतृत्वकर्ताहरूको सम्पत्ति छानिबिन गर्ने निर्णयसमेत भएको छ।

सरकार बनेको २४ घण्टा नहुँदै सरकारले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई जनेजी आन्दोलनको छानबिन गर्न बनेको गौरिबहादुर कार्की नेतृत्वको न्यायीक आयोगको प्रतिवेदन कार्यान्वयन गर्न शनिबार बिहान उनीहरूलाई पक्राउ गरेको थियो।

आइतबार बिहान खड्का सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेसँगै देउवाको परिवारसमेत सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा परेको छ।

बुढानीलकण्ठस्थित देउवा निवास जेनजी आन्दोलनमा जलेपछि भत्काउन थालिएको थियो। हाल भत्काउने कार्यसमेत रोकिएको छ।

देउवा दम्पत्ति हाल देशबाहिर रहेका छन्।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?