अभि–अभिनन्दनसँगै विश्व रङ्गमञ्च दिवस मनाइयो

अभि–अभिनन्दनसँगै विश्व रङ्गमञ्च दिवस मनाइयो
+
-
देशसञ्चार AI सारांश
  • मार्च २७ मा विश्व रङ्गमञ्च दिवसको अवसर पारेर नेपालमा ‘अभि- अभिनन्दन’ समारोहका साथ विश्व सन्देश आदानप्रदान गरियो।
  • प्राडा अभि सुवेदीलाई नेपाली रङ्गमञ्चमा विशेष योगदान पुर्याएबापत मञ्चीय प्रस्तुतिका साथ सम्मान गरिएको छ।
  • शिल्पी थिएटरमा आयोजित कार्यक्रममा आइटिआइ नेपालको पुनः स्थापनाको घोषणा गर्दै नयाँ कार्यकारी बोर्ड नियुक्त गरियो।

काठमाडौँ- संसारभरका रङ्गकर्मी र रङ्गप्रेमीहरुले विश्व रङ्गमञ्च दिवस मार्च २७ मनाउने क्रममा नेपालमा ‘अभि–अभिनन्दन’ समारोहका बीच विश्व सन्देश आदानप्रदान गर्दै मनाइएको छ।

नाट्यकलाको विश्व संगठन इन्टरनेशनल थिएटर इन्टिच्युटको नेपाल सेन्टर आइटिआइ नेपालले नेपाली रङ्गमञ्चमा अनुकरणीय योगदान पुर्‍याउनुहुने प्राडा अभि सुवेदीलाई सम्मान–अभिनन्दन गरेको छ।

डाक्टर सुवेदीलाई उनैले लेखेका नाटकहरूका पात्रहरूले नै मञ्चीय प्रस्तुतिका साथ अभिनन्दन गरिएको हो। उनका मञ्चन भएका नाटकहरूका पात्रहरूको भूमिकामा अभिनय गर्ने कलाकारहरुमध्ये भोला सापकोटा, घिमिरे युवराज, सरस्वती चौधरी, कार्म, सरोज अर्याल, पवित्रा खड्का, दिलिप रानाभाटले मञ्चीय प्रस्तुतिका साथ सम्मान गरेका हुन्।

डाक्टर सुवेदीको नेपाली रङ्गमञ्चमा नाटककार, अनुसन्धानकर्ता, समिक्षक तथा नाट्य अभियन्ताका रूपमा विशिष्ट योगदान छ। अभिनन्दन पछि उनले नेपाली रङ्गमञ्चको उभारप्रति खुशी व्यक्त गर्दै आइटिआइको गतिशिलतामाथि चर्चा गरे।

समारोहमा नाट्यकलाको विश्व संगठनबाट जारी विश्व सन्देशको नेपाली भावानुवाद रङ्गकर्मी सरस्वती चौधरीले वाचन गरेका थिए। यस वर्ष अमिरिकी प्रख्यात रङ्गकर्मी तथा चलचित्रकर्मी विलियम डाफोले प्रविधिको युगमा रङ्गमञ्चको अर्थ र महत्व झनै बढेको उल्लेख गर्दै रङ्गमञ्च थप जिम्मेवार हुनुपर्ने विश्व सन्देश दिएका थिए।

शिल्पी थिएटर बत्तीसपुतलीमा आयोजित विश्व रङ्गमञ्च दिवस समारोहबाटै आइटिआइ नेपालको पुनः स्थापनाको औपचारिक घोषणा समेत गरिएको छ। करिब एक दशकदेखि आइटिआइ वर्ल्डसँग विच्छेद भएको सम्बन्धलाई यस पुनः स्थापनाले जोडेको छ।

पुनः स्थापित आइटिआइ नेपालको कार्यकारी बोर्डमा केदार श्रेष्ठ, गुञ्जन दिक्षित, देव न्यौपाने, सुशिलालक्ष्मी महर्जन, मोतीबहादुर कार्की ९परिवर्तन०, पवित्रा खड्का, सिजन दाहाल छन्। जसलाई आइटिआइ वर्ल्ड कार्यकारी समितिले अनुमोदन गरिसकेको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?