ओली-लेखक पक्राउ राजनीतिक प्रतिशोध र पूर्वाग्रहका आधारमा गरियो: तरुण दल

ओली-लेखक पक्राउ राजनीतिक प्रतिशोध र पूर्वाग्रहका आधारमा गरियो: तरुण दल
फाइल तस्बिर ।
+
-
देशसञ्चार AI सारांश
  • नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल तरुण दलले केपी ओली र रमेश लेखकको पक्राउलाई प्रतिशोधका रूपमा व्याख्या गरेको छ।
  • तरुण दलका अध्यक्ष विद्वान गुरुङले लोकतान्त्रिक मूल्य र विधिको शासनमाथि ठाडो प्रहार भएको बताएका छन्।
  • उनले सरकारलाई विधिअनुसार पारदर्शी र निष्पक्ष निर्णय लिन आग्रह गर्दै पुनर्विचारको माग गरेका छन्।

काठमाडौँ– नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल तरुण दलले पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकको पक्राउ प्रतिशोध र पूर्वाग्रहका आधारमा गरिएको बताएको छ।

तरुण दलका अध्यक्ष विद्वान गुरुङले विज्ञप्ति जारी गर्दै यस्ताे बताएका हुन्। ओली र लेखकलाई शनिबार एकाबिहानै प्रहरीले पक्राउ गरेको थियो। २३ र २४ भदौको जेनजी आन्दोलनमा दोषि देखाउँदै शुक्रबार रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भएसँग ओली-लेखकलाई पक्राउ गर्न सरकार सक्रिय भएको थियो।

उनीहरू पक्राउ परेपछि एमालेले देशभर प्रदर्शन गर्ने भएको छ। कांग्रेस आधिकारिकरुपमा कुनै प्रतिक्रिया दिन मानिरहेको छैन। तर कांग्रेसको भातृ संगठन तरुण दलले भने राजनीतिक सहिष्णुता कायम राख्न ध्यानाकर्षण गराएको छ।

एकपक्षीय र दुराशयपूर्ण कदमले लोकतान्त्रिक मूल्य र विधिको शासनमाथि ठाडो प्रहार गर्ने तरुण दलको भनाइ छ। ‘…यस्ता एकपक्षीय र दुराशयपूर्ण कदमहरूले लोकतान्त्रिक मूल्य र विधिको शासनमाथि ठाडो प्रहार गर्नुका साथै देशलाई अनावश्यक द्वन्द्व तथा अस्थिरतातर्फ धकेल्ने गम्भीर खतरा उत्पन्न गराउनेप्रति हाम्रो गहिरो चिन्ता रहेको छ’,तरुण दलका अध्यक्ष गुरुणले भनेका छन् ।

उनले यस्ता निर्णयमा पुनर्विचार गर्न, विधि र प्रक्रियाअनुरूप पारदर्शी तथा निष्पक्ष ढंगले अघि बढ्न पनि आग्रह गरेका छन्।

विज्ञप्ति:

यो पनि पढ्नुहोस्

एमालेले गर्‍यो कार्की आयोगको प्रतिवेदन अस्वीकार, अर्को छानबिन समिति गठन गर्न माग

एमालेले गर्‍यो कार्की आयोगको प्रतिवेदन अस्वीकार, अर्को छानबिन समिति गठन गर्न माग

पूर्वप्रधानमन्त्री ओली शिक्षण अस्पताल भर्ना

पूर्वप्रधानमन्त्री ओली शिक्षण अस्पताल भर्ना

ओलीको पक्राउविरुद्ध एमालेले देशैभर प्रदर्शन गर्ने

ओलीको पक्राउविरुद्ध एमालेले देशैभर प्रदर्शन गर्ने

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?