एमालेले गर्‍यो कार्की आयोगको प्रतिवेदन अस्वीकार, अर्को छानबिन समिति गठन गर्न माग

एमालेले गर्‍यो कार्की आयोगको प्रतिवेदन अस्वीकार, अर्को छानबिन समिति गठन गर्न माग
सचिवालय बैठकको निर्णय सुनाउँदै एमाले महासचिव शंकर पोखरेल। तस्बिर: बर्षा शाह / देशसञ्चार
+
-
देशसञ्चार AI सारांश
  • नेकपा एमालेले जेनजी आन्दोलनको छानबिन प्रतिवेदन पूर्वाग्रही भएको भन्दै अस्वीकार गर्ने निर्णय गरेको छ।
  • पूर्वप्रधानमन्त्री ओलीको पक्राउलाई गैरलोकतान्त्रिक ठहर गर्दै एमालेले देशभर प्रदर्शन गर्ने निर्णय गरेको छ।
  • पार्टीले कानुनी र राजनीतिक लडाई लड्न विभिन्न नेताहरूलाई जिम्मेवारी तोक्दै जनपरिचालनको योजना बनाएको छ।

काठमाडौँ– नेकपा एमालेले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको छानबिन गर्न बनेको गौरीबहादुर कार्की नेतृत्वको न्यायीक आयोगको प्रतिवेदन अस्वीकार गरेको छ।

पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउपछि आकस्मिकरुपमा बसेको सचिवालय बैठकले कार्की आयोगको प्रतिवेदन अस्वीकार गर्ने निर्णय गरेको हो।

महासचिव शंकर पोखेरलकाअनुसार कार्की आयोगको प्रतिवेदन पूर्वाग्रही, प्रतिशोधपूर्ण र अनुसन्धानको न्यायीक सिद्धान्त विपरीत रहेको ठहर गर्दै अस्वीकार गरेको हो। बैठकले बहालवाला सर्वोच्च अदालतका न्यायाधीशको अध्यक्षतामा अर्को न्यायीक छानबिन समिति गठन गर्नुपर्ने माग गरेको पनि पोखरेलले बताए।

कार्की नेतृत्वको आयोगको सिफारिसमा प्रहरीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई शनिबार एकाबिहानै भक्तपुरस्थित आ-आफ्नो निवासबाट पक्राउ गरेको थियो।

उनीहरूको पक्राउलाई एमालेले लोकतान्त्रिक मूल्य र कानूनी शासनको विपरीत रहेको ठहर गरेको छ। उनीहरूको पक्राउविरुद्ध एमालेले देशभर प्रदर्शन गर्ने निर्णय पनि गरेको छ।

पार्टीले प्रदर्शनसँगै अन्य राजनीतिक दल, नागरिकसमाजसँग छलफल गरेर कानुनी र राजनीतिक लडाई लड्ने निर्णय पनि गरेको महासचिव पोखरेलले जानकारी दिए।

जसका लागि नेताहरूलाई विभिन्न जिम्मेवारी दिइएको छ। जसअनुसार राजनीतिक दलसँग संयोजन गर्न उपाध्यक्ष विष्णु  पौडेललाई जिम्मेवारी दिइएको छ।

संसदीय दलहरूसँग सम्वाद गर्न अर्का उपाध्यक्ष रामबहादुर थापा बादललाई जिम्मेवारी तोकिएको छ भने कानुनी प्रतिकारका लागि उपाध्यक्ष गोकर्ण विष्टलाई जिम्मेावरी दिइएको छ।

साथै  जनपरिचालनको जिम्मेवारी पार्टी केन्द्रीय कार्यालयबाट हुने पोखरेलले बताए।

यो पनि–

ओलीको पक्राउविरुद्ध एमालेले देशैभर प्रदर्शन गर्ने

तस्बिरहरू:

यो पनि पढ्नुहोस्

ओलीको पक्राउविरुद्ध एमालेले देशैभर प्रदर्शन गर्ने

ओलीको पक्राउविरुद्ध एमालेले देशैभर प्रदर्शन गर्ने

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?